उखु पेलेर खुदो निकाल्दै ढोडबेँसी फाँटका किसान

२ माघ, काठमाडौं । पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि त्यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याइनभ्याई छ । सिँचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र तेलहन बाली लगाउँदा एक रोपनी जग्गाबाट बढीमा छ हजारमात्र आम्दानी हुने तर उखुबाट रु ५० हजार मूल्य बराबरको खुदो उत्पादन हुने स्थानीय कृषक विष्णुमाया भुजेल बताउँछन् । थप पढ्नुहोस्

सेनाले तयार गर्ने भयो काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर

२ माघ, काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिएका हुन् । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो । भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति नै गठन गरिएको थियो । थप पढ्नुहोस्

२५ हजार दर्शकले अवलोकन गरेको मेलामा एकैदिन ४ करोडको कारोबार

२ माघ, काठमाडौं । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गरे । संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए । थप पढ्नुहोस्

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सानो गल्तिले दुई वर्षमा रु पाँच करोड स्वाहा, रानीपोखरी र बालगोपालेश्वर अस्तित्वको संकटमा

१ माघ, काठमाडौं । दुई वर्षअघि राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरी पुनःनिर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो । सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शिलान्यास गराएको थियो । दुई वर्ष बित्दा पनि यी दुवै सम्पदा अलपत्र छन् । यी सम्पदा काम नभएर भन्दा पनि पुनःनिर्माणमा सरोकार भएका निकाय बीचको विवादका कारण अलपत्र बनेका हुन् । थप पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको कामले पायो तिव्रता, ६५ प्रतिशत काम एक वर्षभित्र पूरा हुने

३० पुस, काठमाडौं । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनियाँ कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । थप पढ्नुहोस्

हलेसी पुग्ने पर्यटकको संख्यामा वृद्धि

३० पुस, काठमाडौं । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ । खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । थप पढ्नुहोस्

७६ किमी लामो बेनी–जोमसोम सडक कालोपत्रे गरिने

३० पुस, काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । थप पढ्नुहोस्

जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह विजयी

३० पुस, काठमाडौं । जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गरेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गरेका छन् । । त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भएकी छिन् । थप पढ्नुहोस्

अदालतको आदेश पछि सडक विस्तार कार्य प्रभावित

३० पुस, काठमाडौं । चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् । सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । थप पढ्नुहोस्

पुल निर्माणमा बजेट अभाव, माग ७७ अर्ब, निकासा ३ अर्ब मात्र

२९ पुस, काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै रु ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत रु १५ अर्ब छ । थप पढ्नुहोस्
1 2 3 32