सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो, झापामा अत्याधिक विषदीयुक्त तरकारी तथा फलफुल बजारमा

१ भदौ, काठमाडौं । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि त्यहाँ तरकारीको मूल्य आकाशिएको छ । सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ । थप पढ्नुहोस्

राष्ट्रलाई संकट पर्दा प्रतिपक्षले राष्ट्रवादी भावना देखाउनु पर्छ : मन्त्री बलायर

१ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमत गराएको बताएका छन् । उनले नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज बिहान सम्बोधन गर्दै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गरे । उनले नेपाली काँग्रेसका कार्यकर्तालाई कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्न आह्वान गरे । थप पढ्नुहोस्

बाढी पीडितलाई चौधरी ग्रुपको चाउचाउ, यातायात व्यवसायीको नगद राहत

१ भदौ, काठमाडौं । चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको जानकारी गु्रपले दिएको छ । सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिए । थप पढ्नुहोस्

हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

३२ साउन, काठमाडौं । एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूलनाराका एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने छ । हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । थप पढ्नुहोस्

बँदेलका हुलले भक्तपुरका किसान हैरान, ढ्याङ्ग्रो ठटाउँदै रातभर मकैबारीमा बास

३२ साउन, काठमाडौं । जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राकोे आवाज सुनिन थाल्छ । त्रिशूल डाँडामा मान्छेको आवाजसँगै बज्ने ढ्याङ्ग्रोले पाहुना लाग्न त्यस क्षेत्रमा जानेका लागि अनौठो लागे पनि स्थानीयवासीका लागि भने अचेल यसो गर्नु दिनचर्या जस्तै भएको छ । बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुसार्नी लगायतका अन्नबाली खान र नष्ट गर्न थालेपछि विगत एक महिनादेखि यहाँका किसानले आफ्नो बालीको रक्षा गर्न रात परेपछि बारीमै गएर यसरी ढ्याङ्ग्रो बजाउने गरेको त्रिशूल डाँडाकी सानुमैया पुरीले बताइन् । थप पढ्नुहोस्

चिया नीति कार्यान्वयन नहुँदा किसान र उद्यमी मर्कामा

३० साउन, काठमाडौं । राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । ‘वि.सं.२०५७ सालमा राष्ट्रिय चिया नीति आएको थियो जसमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका छन् । नीतिमा किसान तथा उद्यमीलाई प्रोत्साहित गर्नका लागि विभिन्न काम गर्ने, चिया खेती विस्तार गरी वातावरण संरक्षणमा सहयोग पु¥याउने लगायतका उद्देश्यहरू राखिएका छन् । थप पढ्नुहोस्

अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

२८ साउन, काठमाडौं । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । थप पढ्नुहोस्

श्री एयरलायन्सको काठमाडौं–धनगढी दैनिक उडान सुरु

२७ साउन, काठमाडौं । धनगढी विमानस्थलबाट आजदेखि निजी क्षेत्रको श्री एयर लायन्सले काठमाडौं—धनगढी—काठमाडौं सम्मको हवाइ सेवा सुरु गरेको छ । काठमाडौं– धनगढी– काठमाडौंँसम्मको दैनिक हवाई सेवाको सुविधा रहेको ७ नम्बर प्रदेशको एक मात्र धनगढी विमानस्थलबाट नेपाल वायु सेवा निगमका अलावा निजी क्षेत्रको बुद्ध एयरले दैनिक हवाई सेवाको सुविधा उपलब्ध गराउँदै आएकोमा आजबाट निजी क्षेत्रको सो एयर लायन्सले पनि हवाई सेवा सुरु गरेको हो । यसबाहेक आज श्री एयरलाइन्सले भैरहवार र नेपालगन्ज पनि उडान भरेको थियो । भोलीदेखि भद्रपुर र आइतबारदेखि बिराटनगरको उडान भर्ने उनले जानकारी दिए । थप पढ्नुहोस्

लोप हुन लागेको इन्द्र–अप्सरा नाच भोली भक्तपुरमा देखाइने

२७ साउन, काठमाडौं । मल्लकालीन राजा रणजित मल्लको पालादेखि सुरु भई लोपोन्मुख अवस्थामा पुगेको इन्द्र–अप्सरा नाच यस वर्ष एक दिन मात्रै हुने भएको छ । परम्परागत रुपमा गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नचाइएको सोे नाच केही वर्षअघिदेखि भने कहिले चार दिन त कहिले एक दिन मात्रै हुँदै आएको छ । महाभारत कथानुसार अभिशाप परेर पाण्डवमध्येका अर्जुन देवराज इन्द्रको दरबारमा पुगेका र अप्सरा उर्वशीसंँग नाचेका थिए । सोही कथनअनुसार सो नाच चल्दै आए पनि अर्थ अभावका कारण नाच नियमित चार दिनसम्म सञ्चालनमा आउन नसकी लोपोन्मुख अवस्थामा पुगेको छ । थप पढ्नुहोस्

गोल्छा अर्गनाइजेशन असक्षम सावित, अटेरी र समयमा काम नसक्ने ठेकेदारलाई कालोसुचीमा हालेर कारबाही गर्ने सरकारको तयारी

२३ साउन, काठमाडौं । अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक–पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ । अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ । तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो ? किन पूरा भएन काम ? परिस्थिति त्यस्तै आइप¥यो हजुर अब त्यस्तो हुन्न । हामी समयमा नै काम सक्छौँ । थप पढ्नुहोस्
1 29 30 31 32 33 43