पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ । थप पढ्नुहोस्

मुसिकोट सल्ले विमानस्थलमा हप्ताको चारदिन उडान

१७ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ । यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो । यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो । बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम सल्लेका स्टेशन इन्चार्ज रमेश शर्माले जानकारी दिए । उडान थप भएपछि त्यहाँका यात्रुहरुलाई सहज हुने भएको छ । यात्रुहरुको माग धेरै आएपछि उडान थप गरिएको शर्माले जानकारी दिए । थप पढ्नुहोस्

फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत

१६ पुस, काठमाडौं । सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए । थप पढ्नुहोस्

तारा एयरको विमान दुर्घटना

१२ मंसिर, काठमाडौं । तारा एयरको एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार थिए। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । विहान ९ बजेर ३५ बजे उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको हो । विमान सिमीकोटबाट सुर्खेत उड्न लाग्दा टायर पञ्चर भई रनवेभन्दा करिब ५ मिटर तल विद्युत खम्बामा ठोक्किएर दुर्घटना भएको हो । थप पढ्नुहोस्

आन्तरिक राजस्व विभागको कामलाई प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता सम्पन्न

२५ असोज, काठमाडौं । निजामती सेवा ऐन, २०४९ को दफा १५ (२) बमोजिम आन्तरिक राजस्व विभाग र सो अन्तर्गतका कार्यालयहरुबाट सम्पादन हुने काम कारवाहीलाई प्रभावकारी बनाउने कार्य अगाडि बढेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्की र सो विभाग अन्तर्गत कार्यालयका प्रमुखहरुबीच गत असोज २२ गते कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । यस अघि नै अर्थ सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकबीच तथा विभागको महानिर्देशक र उपमहानिर्देशक तथा निर्देशकहरुबीच कार्य सम्पादन सम्झौता सम्पन्न भइसकेको थियो । थप पढ्नुहोस्

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

२४ असोज, काठमाडौं । अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । थप पढ्नुहोस्

सरकारले पदच्यूत गरेको खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

२२ असोज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । थप पढ्नुहोस्

नागरिक उड्डयन कार्यालय कोल्टीको मिलेमतोमा हवाई टिकटमा व्यापक अनियमितता

२० असोज, काठमाडौं । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । थप पढ्नुहोस्

नेशनल ट्रेडिङलाई पुनः सञ्चालन गर्ने तयारी

१९ असोज, काठमाडौं । सरकारी बेवास्ता र व्यवस्थापन पक्षको लापर्बाहीका कारण लामो समयदेखि बन्द रहेको नेशनल ट्रेडिङ लिमिटेड धनगढीलगायतका कार्यालय पुनः सञ्चालनका लागि पहल थालिएको छ । प्रदेश नं ७ को धनगढीसहित मुलुकका ११ स्थानमा व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको नेशनल ट्रेडिङ केन्द्रीय कार्यालयका महाप्रबन्धक लवराज जोशीले बताए । व्यापारिक मालसामानको बिक्रीमा स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि यी कार्यालय बन्द भएका थिए । थप पढ्नुहोस्

चन्द्रागिरिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीय : राष्ट्रपति

९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरिको ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नु प्रशंसनीय भएको बताएकी छिन् । चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक चन्द्रागिरि हिल्समा आयोजित विशेष कार्यक्रमबीच अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय काम भएको चर्चा गरिन् । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो सालिक ५ फिट ८ इञ्च उचाइको छ । थप पढ्नुहोस्
1 2 3 4 6