निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिँदै

१९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ । एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ । उक्त बोइङको सट्टामा निगमले भुटानबाट लिजमा विमान ल्याउने तयारी गरेको छ । भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सेवा दिने प्रवक्ता श्रेष्ठले बताए । थप पढ्नुहोस्

राष्ट्र बैंकलाई परिसङ्घको सुझाव

११ असार, काठमाडौं । नेपाल उद्योग परिसङ्घले लगानीयोग्य रकम अभाव हुन नदिन अल्पकालीन एवम् मध्यकालीन उपाय अवलम्बन गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । केन्द्रीय बैंकका केही कर्मचारीको सहभागितामा परिसङ्घले आयोजना गरेको एक कार्यक्रममा बैंकिङ प्रणालीमा आएको लगानीयोग्य रकमको अभावले चालु आर्थिक वर्षको तेस्रो महिनामा कर्जाको ब्याजदर वृद्धि भएको र त्यसले अर्थ व्यवस्थाको समग्र लगानी घट्ने, कुल गार्हस्थ्य उत्पादनमा ह्रास आउने र रोजगारीका अवसर सङ्कुचित हुने प्रवृति देखिन थालेकामा चिन्ता व्यक्त गरेको छ । थप पढ्नुहोस्

सप्तरी र सिरहामा पेट्रोलको अभाव : आयल निगम बेखबर

९ असार, काठमाडौं । नेपाल अधिराज्यभर पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउने जिम्मेवार निकाय नेपाल आयल निगमले सप्तरी र सिरहा जिल्लामा विगत एक सप्ताहदेखि पेट्रोलको अभाव हुँदासम्म सहज आपुर्तिको प्रबन्ध गर्न सकेको छैन । केन्द्रका जिम्मेवार पदाधिकारीले सहज रुपमा सबै जिल्लामा पेट्रोलियम पदार्थ उपलब्ध भइरहेको जनाए पनि ति जिल्लाहरुमा भने हाहाकार मच्चिएको हाम्रा स्थानीय सम्वाददाताले जनाएका छन् । जिल्लामा सञ्चालित पेट्रोल पम्पहरुले बिक्रीवितरण नगरेपछि पेट्रोलको व्यापक कालाबजारी सुरु भएको छ । थप पढ्नुहोस्

जहाज खरिदसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर, कोषले रु १२ अर्ब ऋण दिने

२९ जेठ, काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो । निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । थप पढ्नुहोस्

उखुको अभावमा चिनी मिल बन्द

२९ जेठ, लाहान । उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिल बन्द भएको छ । आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो । हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेकोे हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए । “भर्खर किसानले खेतमा उखु लगाएका छन्, उखु तयार नहुन्जेलसम्मका लागि मिल बन्द गरिएको हो, उखु पाउन थालेपछि पुनः मिल सञ्चालनमा ल्याइने छ,” उनले भने । थप पढ्नुहोस्

हुन्डाई गाडीको एक्सचेन्ज क्याम्प नेपालगन्जमा

२७ जेठ, नेपालगन्ज । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेसनल प्रालि अन्तर्गतको नेपालगन्जस्थित आधिकारिक विक्रेता हिम अटो डिस्ट्रिब्युटरले तीन दिने हुन्डाई एक्सचेन्ज क्याम्प नेपालगन्जमा आयोजना गरेको छ । जेठ २४ गतेदेखि सुरु भएको सो क्याम्प जेठ २६ गतेसम्म सञ्चालनमा रहने तथा सो एक्सचेन्ज योजना हुन्डाई ब्रान्डका सबै मोडलहरूमा लागू हुने हिम अटो डिस्ट्रिब्युटरले जनाएको छ । ग्राहकहरूका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हिम अटो डिस्ट्रिब्युटरले सो एक्सचेन्ज क्याम्प ल्याएको हो । थप पढ्नुहोस्

३० करोड बक्यौता नतिर्दै दुरसञ्चारको लाइसेन्स किन दियो प्रचण्ड सरकारले ? करोडौं कमिशन चलखेलको आशंका

२७ जेठ,काठमाडौं। कामचलाउ सरकारका रूपमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले जाँदाजाँदै ३० करोड राजस्व नतिरेको कम्पनीलाई एकीकृत आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति दिएर विवादित निर्णय गरेको छ । राज्यलाई यति ठूलो कर तिर्न बाँकी रहेको कम्पनीलाई अनुमति दिनुको निर्णयपछाडि ठूलो आर्थिक चलखेल भएको तथ्य सबैले गरेका छन् । विनोद चौधरीको स्वामित्व रहेको उक्त कम्पनी रामेश्वर थापाका नाममा नामसारी भएसँगै गरिएको यो निर्णयमा ठूलो आर्थिक लेनदेन भएको दावी सरकारमा सहभागी दलकै नेताहरू बताउँछन् । थप पढ्नुहोस्
1 4 5 6