युरोपेली संघसहित खाडी मुलुकले लगाए भारतीय तरकारीमा प्रतिबन्ध, नेपालमा भने खुलेआम भित्रिन्छ तरकारी

६ फागुन, काठमाडौं । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो। अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ । थप पढ्नुहोस्

बिनाकारण सिमेन्ट र छडको मूल्यमा बृद्धि, हार्डवेयर व्यवसायी आन्दोलित

२३ पुस, काठमाडौं । सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो । थप पढ्नुहोस्

खाना पकाउने ग्यासको बिक्री बन्द, जिप्रका मोरङको मौन समर्थन !

२० पुस, काठमाडौं । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै हिजोदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ । अहिले बिक्रेताले प्रतिसिलिण्डर रु ३५ कमिशन पाउँदै आएका छन् । थप पढ्नुहोस्

‘खसीबजार मेला’मा सोह्र लाखको खसी बिक्री

८ असोज, काठमाडौं । दशैँलाई लक्षित गरी नुवाकोट, तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । थप पढ्नुहोस्

केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना, एप्पल वल्ड ‘आर वान फाइभ’ बाइक पाउने भाग्यशाी छान्दै

१ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । ‘रमाइलो दसैँ–तिहार उपहार योजना’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटरदेखि बम्पर उपहार मामोटरसाइकल तथा स्कुटर पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजनाल्याइएको टावरले जनाएको छ । थप पढ्नुहोस्

नेपाली ब्राण्ड ले ले वाइनका ‘ले ली रक्सी’ नेपाली बजारमा

१९ भदौ, काठमाडौं । लाइक नेचुरल ले ले वाइन उद्योगले ‘ले ली रक्सी’ नेपाली बजारमा ल्याएको छ । गोदावरी ललितपुरमा अस्वस्थित कम्पनीले आफ्ना उत्पादन बजारमा आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रमको उद्घाटन वाणिज्य मन्त्री मिन विश्वकर्माले गरेका थिए । अहिले तीन वटा ब्राण्ड ले ली स्वीट रेड वाइन, ले ली स्वीट लेडिज स्पेशल वाइन र ले ली स्वीट ह्वाइट वाइन नेपाली बजारमा ल्याएको जनाएको छ । उद्योगमा उत्पादित रक्सीमा शतप्रतिशत फलफुलको प्रयोग भएको जनाएको छ । थप पढ्नुहोस्

फर्निचर प्रदर्शनी ३५ हजारले गरे अवलोकन, काठमाडौं उपत्यकामा मात्रै वार्षिक ४ अर्बको कारोबार

८ भदौ, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले यही भदौ ३ देखि ७ गतेसम्म आयोजना गरेको फर्निचर तथा फर्निसिङ प्रदर्शनीमा ३५ हजार दर्शकले बुधबार अवलोकन गर्दै सम्पन्न भएको छ । दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शनीमा राखिएको थियो । स्वदेशी व्यवसायीका ४७ ठूला उद्योगका कक्ष तथा १९ साना कक्ष राखिएको प्रदर्शनीमा दर्शक तथा उपभोक्ताले आफूलाई चाहिने सामग्री बुकिङ गरेका थिए । थप पढ्नुहोस्

सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो, झापामा अत्याधिक विषदीयुक्त तरकारी तथा फलफुल बजारमा

१ भदौ, काठमाडौं । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि त्यहाँ तरकारीको मूल्य आकाशिएको छ । सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ । थप पढ्नुहोस्

सामसङको उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग योजना

१४ साउन, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ । विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । प्रस्तुत योजनामा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । थप पढ्नुहोस्

धार्मिक महिना साउन : हरियो चुरा, मेहन्दी र कपडाको व्यापारमा बृद्धि

४ साउन, काठमाडौं । भगवान शिवको पूजा आराधना गरिने साउन महीना र त्यसमा पनि सोमवारको दिनमा देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । साउन महीना, हरियाली मौसम र त्यसमा पनि महिलाहरुले हरियो, रातो पहिरनका साथमा चुरा, मेहेन्दी लगाउँदा पूरै महीना रङ्गिन देखिन थालेको छ । साउनमा पनि बिशेष रुपमा मनाउने सोमवारको ब्रत र रङ्गिचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहेन्दी र कपडाहरुको व्यापार बढेको पाइन्छ । साउन महीना शुरु भएसँगै स्थानीय बजारमा हरियो, पहेंलो, रातो रङ्गका चुरा र मेहन्दीको व्यापार बढेको व्यापारीहरु बताउँछन् । थप पढ्नुहोस्
1 2