काठमाडौंमा व्यवसाय गर्न मंहगोः बिजनेश मार्ट देखि हलुवाई पसलसम्म कर

२ साउन काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यवसाय गर्न अब महंगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७४ र ७५ को लागि करको दरहरु सार्वजनिक गरेको छ । काठमाडौंमा व्यवसाय गर्दा सबैभन्दा कम तिर्ने व्यवसायमा हलुवाई पसल,धागो र साइकल वर्कपप,तरकारी पसल,फलफुल रहेका छन् । व्यवसायबाट महानगरले वर्षमा ५ सय रुपैयाँ लिने छ । यस्तै पत्रिका पत्रिका पसल,डेरी पसललाई वर्षको १ हजार रुपैयाँ कर तिनुपर्ने महानगरले जनाएको छ । पान पसलबाट महानगरले वर्षको १५ सय रुपैयाँ कर वापत लिने छ । डिपार्टमेन्ट स्टोरलाई सबैभन्दा बढी एक लाख रुपैयाँ महानगरलाई तिनुपर्छ । थप पढ्नुहोस्

पोखरा लेखनाथमा बधस्थल निर्माण हुन्छ –प्रमुख मानबहादुर जिसी

५ असार, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा व्यवस्थित पशु पक्षीको बधस्थल निर्माणमा पहल गर्ने बताएका छन् । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित तेस्रो राष्ट्रिय पोर्क महोत्सव समापन समारोहमा आइतबार उनले नगर क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासुको बिक्री वितरण गर्ने सङ्घ संस्थासँग सामूहिक छलफल गरी छिट्टै बधशाला निर्माण गरी सञ्चालनमा ल्याउने बताए । थप पढ्नुहोस्

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप

१ असार, काठमार्डौं । नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मार्फत कृषि उत्पादनलाई ब्यवसाय बनाउँदै आएका ५० जना उत्कृष्ठ ब्यवसायी छानेको छ । झण्डै साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको ब्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो । कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ ब्यवसायका दुई जनाका दरले छानिएका हुन् । यस क्याम्पलाई विश्व बैंक, इन्फोडेभले सघाएको हो । थप पढ्नुहोस्
1 2