बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक, ट्याक्सी र विद्युतीय सवारी भन्ने चल्न पाउने

१९ माघ, काठमाडौं । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । थप पढ्नुहोस्

उपभोक्त ठग्दै गोल्छा अर्गनाइजेशन

१० माघ, काठमाडौं । गोल्छा अर्गनाइजेशनअन्तर्गतको गोल्छा अटोमोबाइल्स (जीओ ) प्रालि एउटा ‘अटोमोटिभ’ विभाग हो । यसले विश्वप्रसिद्ध फोर्ड ब्राण्डका सवारीलाई नेपालमा विक्री गर्दै आएको छ । कम्पनी फोर्ड ब्राण्डको सवारीको नेपालस्थित आधिकारिक विक्रेता हो । नेपालमै विश्वस्तरीय ब्राण्डको सुविधा दिने नाउँमा कम्पनीले कसरी नेपाली उपभोक्तलाई लट्याइ–लट्याई लुटीरहेको छ भन्ने नमुना प्रस्तुत गरेको छ । फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडले छुटका नाममा लुट मच्चाएको खुलेको छ । थप पढ्नुहोस्

ट्यांकरबाट चलानभन्दा कम तेल आउन थालेपछि व्यवसायीले गरे विक्रिवितरण बन्द

२९ पुस, काठमाडौं । नेपाल आयल निगमबाट चलान भएर जाने टयांकरमा पेट्रोलियम पदार्थ कम निस्कँदै आएको छ । आयल निगमको दिपायलस्थित शाखा कार्यालयको वेवास्ताका कारण डोटी, अछाम लगायतका जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव चुलिएको छ । व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ निस्किरहेको छ जसले व्यवसायिहरु मर्का परिरहेको गुनासो गर्छन् । “म प्रत्येक पटक पेट्रोल उठाउँदा छ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु । थप पढ्नुहोस्

चारपांग्रे सवारी साधनलाई रोक लगाउँदै महानगर

१९ पुस, काठमाडौं । काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ । कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए । शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ वडाहरुमा सवारी निषेध गर्न लागिएको हो । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ । थप पढ्नुहोस्

कपिलवस्तुुबाट दैनिक ६० हजार लिटर डिजेल अवैध रुपमा भारत निकासी

२७ कात्तिक, काठमाडौं । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु (रु ९६ नेपाली) कायम गरेको थियो । नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ७४ मा कायम गरिएको छ । भारतीय तुलनामा नेपाली डिजेल प्रतिलिटर रु २२ सस्तो पर्छ । थप पढ्नुहोस्

दशैंलाई लक्षित गरी वीरगञ्ज नाकाबाट ८ अर्ब मूल्य बराबरको सवारीसाधन भित्रिए

९ असोज, काठमाडौं । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले दिएका छन् । थप पढ्नुहोस्

दशैँका लागि मंगलबारदेखि टिकट बुकिङ खुल्ने

२४ भदौ, काठमाडौं । दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेका थिए । थप पढ्नुहोस्

सवारी साधनको कुम्भमेला भृकुटी मण्डपमा सुरु, यस्ता छन नाडाका माग

१३ भदौ, काठमाडौं । आजबाट काठमाडौंमा नाडा अटोशो सुरु भएको छ । सवारी तथा सवारीजन्य बस्तुहरुको कुम्भ मेलाकै रुपमा लिइने गरिएको छ । भृकुटीमन्डपमा सुरु भएको अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त समय र स्थान बन्ने भएको छ । उता सवारी बिक्रेताहरुका लागि त्यो भन्दा ठूलो उत्सव हुने गरेको छ । सवारी साधन उपभोक्ताले एकै ठाँउमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाँउछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले नाडा अटो शो आफैं एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । थप पढ्नुहोस्

होण्डाले ल्यायो सस्तो स्कुटर

१४ साउन, काठमाडौं । होण्डाको नयाँ स्कुटर (CLIQ) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उत्पादन गरेका डिओ, एभिएटर र एक्टिभा भन्दा उत्कृष्ट फिचर र सस्तो मुल्यमा नयाँ स्कुटर ल्याएको हो । दक्षिण एसियाली बजारमा स्कुटरको बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै होण्डाले सिएलआईक्यु (CLIQ) नाम स्कुटर बजारमा ल्याएको जनाएको छ । यस स्कुटरको भारतीय बजारमा ४१ हजार ७ सय ८४ रुपैयाँ भारु मुल्य तोकिएको छ । यस अघिका स्कुटर भन्दा (CLIQ) १० हजार सस्तो रहेको कम्पनीले जनाएको छ । थप पढ्नुहोस्
1 2