भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्र जारी

२ मंसिर, काठमाडौं । ‘भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिए । थप पढ्नुहोस्

छथर गाउँपालिकामा चिस्यान केन्द्र खुलेपछि किसान हर्षित

१ मंसिर, काठमाडौं । गाउँमा नै दुध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भएको हो । किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री गर्न पाउने भएका छन् । दूध भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका किसान उज्यालो नहुँदै दूध बोकेर शुक्रबारे बजारतिर कुद्न बाध्य थिए । अब गाउँमै खुलेको दूध चिस्यान केन्द्रमा जम्मा गरेर बिक्री गर्न सहज भएको किसानले बताएका छन् । थप पढ्नुहोस्

सामाजिक मान्यतालाई तोड्दै शिक्षित युवाहरु, पशुपालनबाट महिनामा लाखौँ आम्दानी

२९ असोज, काठमाडौं । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहेका छन् । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उनले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । विसं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गरेका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिएका थिए । थप पढ्नुहोस्

चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी तीव्र

२३ असोज, काठमाडौं । नेपाल पोल्ट्री महासंघले चितवनमा गर्न लागेको अन्तर्राष्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो, २०१७ को तयारी तीव्र पारेको छ । आगामी कात्तिक १७ गतेदेखि तीन दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा एक्स्पो हुँदैछ । महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलका अनुसार एक्स्पोमा विदेशी १०० वटा र नेपाली १०० वटा कक्ष रहने छ । भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले कक्ष बुकिङ गरिरहेका छन् । करिब १२ देशका व्यवसायी सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनको कक्ष रहने छ । थप पढ्नुहोस्

पोटाउन लागेको धानमा रोग फैलियो, विषादी हाल्दासमेत रोग नियन्त्रणमा आएन

२२ असोज, काठमाडौं । चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान निराश भएका छन् । भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताए । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान उत्पादन घट्ने चिन्ता भएको उनले बताए । सँधियारका धान पनि रोग लागेर पहेँलो भएको उनको भनाइ छ । चितवनको पूर्वी क्षेत्रमा धान निस्किसकेको अवस्थामा रोग लागेकाले उत्पादन सोचेअनुसारको देखिएको छैन । थप पढ्नुहोस्

‘खसीबजार मेला’मा सोह्र लाखको खसी बिक्री

८ असोज, काठमाडौं । दशैँलाई लक्षित गरी नुवाकोट, तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ । विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले रु १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ । हाम्रो सहकारी संस्था लिमिटेड, साविम कृषि सहकारी संस्था लिमिटेड र सहायता सामुदायिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संयुक्तरुपमा सो मेला आयोजना गरेका हुन् । थप पढ्नुहोस्

किसान बंगुरपालनतर्फ आकर्षित

२७ भदौ, काठमाडौं ।  नुवाकोट जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिनुभयो । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उनले भने । थप पढ्नुहोस्

अनुदानको मलमा कृषकको ढाड सेक्दै सरकारी संस्थान

२६ भदौ, काठमाडौं । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिरहेका छन् । थप पढ्नुहोस्

बाँदरले मकै सखाप पारेपछि राहत माग्दै गाउँपालिकामा

२३ भदौ, काठमाडौं । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि राहतका लागि पीडित कृषक गाउँपालिका धाउन थालेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, छहराका किसान उत्पादित अन्नबाली बाँदरले नष्ट गरेपछि किसान समस्यामा परेका हुन् । वनलाई समुदायको रेखदेखमा रहने जिम्मेवारीपछि हराभरा वन क्षेत्रमा बाँदरको बाहुल्यता बढेको होे । बाँदरलाई पहिले बन्दुकले हानेर मार्ने गरेपनि पनि अहिले मार्न पाइँदैन, प्रशस्त कुकुर पनि नभएकाले बाँदरको संख्या बढेको र बस्तीमा प्रवेश गरी अन्नबालीमा क्षति गर्न थालेको स्थानीय बासिन्दा बताउँछन् । थप पढ्नुहोस्

कागती बेचेर पाँच वर्षमा करोडपति

१९ भदौ, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेका छन् । थप पढ्नुहोस्
1 2 3