नमूना बन्दै कृषि प्राविधिक शिक्षालय

८ साउन, म्याग्दी । म्याग्दीको दुर्गम विममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि देशकै नमूना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ । विसं २०६९ बाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको सो शिक्षालयमा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, चितवन, कास्की, बागलुङलगायत देशका १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् । शिक्षालयमा १८ महिने जेटिए र तीन वर्षे आइएससी ९एजी० तहको पढाइ सञ्चालन भएको छ । थप पढ्नुहोस्

चितवनका किसान परीक्षण गरिएका केरा रोप्दै

५ साउन, चितवन । किसानले प्रयोगशाला परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष किसानले पाँच हजार ५०० बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भारतको महाराष्ट्र राज्यबाट बिरुवा ल्याई लगाउन थालिएको छ । टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । थप पढ्नुहोस्

जुम्लाका ८ कृषक पुरस्कृत

२९ असार, काठमाडौं । जिल्लामा तरकारी र फलफूल खेती बढी उत्पादन गर्ने आठ कृषकलाई जिल्ला कृषि कार्यालय जुम्लाले पुरस्कृत गरेको छ । तरकारीखेतीतर्फ तिला गाउँपालिका–३ की हरिकला रावत, चन्दननाथ नगरपालिका–१ का देवीबहादुर मल्ल, तिला गाउँपालिका– १ का नन्द बोहोरा र चन्दननाथ नगरपालिकाका–१० का मिठु खत्रीलाई नगदसहित पुरस्कृत गरिएको हो । थप पढ्नुहोस्

बाजागाजासहित धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

१६ असार, काठमाडौं । कृषि मन्त्रालय, कृषि विभाग हरिहर भवन १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मूल समारोह समितिले हिजो भक्तपुरमा धान दिवस मनाएको छ । अधिकांश कृषी पेशामा लागेका मानिसहरु वस्ने हाम्रो देश नेपालमा आसार १५ लाई दही चिउरा खाने दिन भनेर पनि चिनिन्छ । हरेक वर्ष झैँ हिजो हरेकका घर घरमा दही चिउराको चर्चा भएको थियो । चाँगुनारायण नगरपालिका–२ झौखेलमा आयोजना भएको धान दिवसमा स्थानीय टेकबहादुर लाखाजुको दुई रोपनी जग्गामा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइएको हो । थप पढ्नुहोस्

१४ लाखको रोपाइँ !

५ जेठ, काठमाडौं । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो । थप पढ्नुहोस्

दिनमा बाँदर, रातमा दुम्सीको आतङ्क

२ असार, काठमाडौं । किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा मकै तथा तरकारी लगाएका छौँ, पहिला मकै पाक्ने बेलामा बाँदरको हुल आउँथ्यो, यसपालि त मकै छरेदेखि नै हैरानी बनाएको छ” स्थानीय कृषक यमलाल पाण्डेले भने, “दिउँसो बाँदर र रातमा दुम्सीले मकै तथा तरकारीबाली नष्ट गरिदिएको छ, हामी निक्कै समस्यामा छौँ । थप पढ्नुहोस्

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ ब्यवसाय, ५० जनाले सिके ब्यवसाय गर्ने सीप

१ असार, काठमार्डौं । नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मार्फत कृषि उत्पादनलाई ब्यवसाय बनाउँदै आएका ५० जना उत्कृष्ठ ब्यवसायी छानेको छ । झण्डै साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको ब्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो । कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ ब्यवसायका दुई जनाका दरले छानिएका हुन् । यस क्याम्पलाई विश्व बैंक, इन्फोडेभले सघाएको हो । थप पढ्नुहोस्

किसानले आफ्नो योजना आफैँ छान्न पाउने

२९ जेठ, काठमाडौं । नेपाली किसानको दिन फिरेको हो ? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले भनेः–“अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पु¥याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन ।” सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम खर्च गर्ने प्रक्रियाका सम्बन्धमा पदाधिकारीबाट सोधनी हुँदा मन्त्रालयले उक्त जवाफ दिएको हो । सरकारले आगामी आव २०७४÷७५ को बजेटमार्फत तल्लो तहसम्म कार्यक्रम पु¥याइएको छ । थप पढ्नुहोस्

‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

२६ जेठ, काठमाडौं । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न गरेको छ, साउन १ गतेबाट नियमित उत्पादन थाल्छौँ,” उनले भने । सुरुवातमा दैनिक ६० हजार लिटर दूध प्रशोधन गरिनेछ । विसं २०६९ मा सो उद्योग सञ्चालनमा आएको थियो । थप पढ्नुहोस्

बाली बिमाबारे किसान अनविज्ञ

१२ जेठ, काठमाडौं । बाली बिमाबारे वैतडीका किसान अनविज्ञ रहेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म किसानले बाली बिमा गरेका छैनन् । सरकारले २०६९ सालमा किसानलाई लक्षित गरेर बाली बिमा कार्यक्रम ल्याएको हो । बिमाबारे किसानले नबुझ्दा उनीहरुले बिमा नगरेका हुन् । सरकारले असिना, खडेरी, सुख्खा, रोगकीराको प्रकोपबाट बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए । थप पढ्नुहोस्
1 2 3 4