त्रिशूली नदीमा जलखेलकुद प्रतियोगिता हुने, प्रथम हुनेलाई रू एक लाख पुरस्कार

४ मंसिर, काठमाडौं । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । थप पढ्नुहोस्

वाम गठबन्धनबाट दाहाल निर्वाचित

१३ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका छन् । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेको टान निर्वाचन समितिले जनाएको छ । थप पढ्नुहोस्

भूकम्पबाट क्षतीग्रस्त लाङटाङ क्षेत्रका पदमार्ग मर्मत सम्पन्न

२४ असोज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ । टानले रु एक करोड २७ लाख बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न गरेको जानकारी दिएको हो । विसं २०७२ वैशाख १२ (७ दशमलव ६ रिक्टर) को गोरखा भूकम्पबाट देशको तेस्रो प्रमुख पदमार्ग लाङटाङ सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो । मुख्य पदमार्ग पुनःनिर्माणसँगै पदयात्रा पर्यटन प्रवद्र्धनका साथै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा पु¥याउन सफल भएको टानले जनाएको छ । थप पढ्नुहोस्

अन्तुमा पर्यटकको चहलपहल बढ्यो, ओझेलमा ‘मार्गा पोखरी’

२० असोज, काठमाडौं । सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक जाने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । थप पढ्नुहोस्

यस्तो छ, तिलिचो ताल जाने छोटो पदमार्ग

१९ असोज, काठमाडौं । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने नयाँ पदमार्ग निर्माण भएको छ । ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो । गत साल र अहिले गरी उक्त निर्माण तथा साइन पोस्टिङको कार्य सफल पारिएको हो । थप पढ्नुहोस्

बेनीका होटल भरिभराउ

१७ असोज, काठमार्डौं । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दशैँ बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा जाने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् । टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए । बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । थप पढ्नुहोस्

सुरु भयो पर्यटननको मौसम, दश लाख पर्यटक नेपाल आउने टानको आँकलन

१० असोज, काठमाडौं । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । थप पढ्नुहोस्

पाटा ट्राभल मार्टमा नेपाल

४ असोज, काठमाडौं । नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले मकाउमा आयोजित प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ट्राभल मार्टको ४०औँ संस्करणमा नेपालले सक्रिय सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्यमा गत भदौ २८ देखि ३० गतेसम्म मकाउको द भेनिशियन मकाउ रिसोर्ट होटेलमा आयोजित उक्त ट्राभल मार्टमा ‘नेपाल पेभिलियन’अन्तर्गत सहभागी भई पर्यटन प्रवद्र्धन गरेको थियो । थप पढ्नुहोस्

सिजन सुरु भएसँगै विदेशी मुलुकजस्तै देखिन थाल्यो मुस्ताङ

२८ भदौ, काठमाडौं । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्को लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् । गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । हिमाल पारीको जिल्ला मनाङ अहिले कुनै विदेशी मुलुकजस्तै देखिन थालेको छ । लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । थप पढ्नुहोस्

मझगाउँ विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

२७ भदौ, काठमाडौं । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । विमानस्थल सुचारु नहुँदा त्यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । थप पढ्नुहोस्
1 2 3 5