चिया बगानमा परिणत हुँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

१७ पुस, काठमाडौं । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि रामपुर, पाल्पाको काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ । पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यसले विकासको मुहार फेरेको छ । त्यहाँ दिनहुँ सयौँको संख्यामा घुम्न पुग्ने, अवलोकन भ्रमण तथा प्रेमी प्रेमिका रमाउन आउनेको जमात बढ्दो छ । थप पढ्नुहोस्

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकियो

१६ पुस, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा सञ्चालित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकिएको छ । छ दिनसम्म चलेको सो महोत्सवमा म्याराथुन दौड, खुल्ला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ कास्कीको देउराली युवा क्लब प्रथम भई रु एक लाख नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा सेन्चुरी युवा क्लब छोम्रोङ द्वितीय भई रु ६० हजार, ट्रफी र प्रमाणपत्र पाएको थियो । थप पढ्नुहोस्

विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनालाई कोठा तयार गरिँदै

१२ पुस, काठमाडौं । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ । रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले सुविधासम्पन्न ४२ कोठासहित सेवा प्रवाह गरिरहेको रिसोर्टले थप चार वटा स्वीट रुमसहित अन्य छवटा सुविधासम्पन्न कोठा (डिलक्स रुम) तयार गर्न लागेको जानकारी दिए । थप पढ्नुहोस्

क्रिसमस डे र नयाँ वर्षमा पर्यटन व्यवसायीका आकर्षक ‘प्याकेज’, ५० प्रतिशतसम्म छुटको अफर

८ पुस, काठमाडौं । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर ल्याएका छन् । इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस डेलाई मनाउने गर्छन् । थप पढ्नुहोस्

पर्यटक लोभ्याउँदै ऐतिहासिक जुरे गुफा

२९ मंसिर, काठमाडौं । प्राकृतिक छटाले भरिपूर्ण रामपुर, पाल्पा, निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् । जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ । यसको पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा, पश्चिम भेग एवं सहलकोटको फेदीमा रामपुर उपत्यका पर्छ । थप पढ्नुहोस्

सगरमाथाको उचाइ मापन गर्न सबै तयारी पूरा

२९ मंसिर, काठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए । थप पढ्नुहोस्

चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते

१६ मंसिर, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चौथो पर्वतीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, वेशभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने उद्देश्यले महोत्सव हुन लागेको हो । साहसिक खेल चट्टानारोहणलगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने महोत्सव संयोजक कुशल गुरुङले जानकारी दिए । थप पढ्नुहोस्

त्रिशूली नदीमा जलखेलकुद प्रतियोगिता हुने, प्रथम हुनेलाई रू एक लाख पुरस्कार

४ मंसिर, काठमाडौं । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । थप पढ्नुहोस्

वाम गठबन्धनबाट दाहाल निर्वाचित

१३ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका छन् । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेको टान निर्वाचन समितिले जनाएको छ । थप पढ्नुहोस्

भूकम्पबाट क्षतीग्रस्त लाङटाङ क्षेत्रका पदमार्ग मर्मत सम्पन्न

२४ असोज, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ । टानले रु एक करोड २७ लाख बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न गरेको जानकारी दिएको हो । विसं २०७२ वैशाख १२ (७ दशमलव ६ रिक्टर) को गोरखा भूकम्पबाट देशको तेस्रो प्रमुख पदमार्ग लाङटाङ सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो । मुख्य पदमार्ग पुनःनिर्माणसँगै पदयात्रा पर्यटन प्रवद्र्धनका साथै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा पु¥याउन सफल भएको टानले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 4 6