समृद्ध सिन्धुली अभियानसँग हातेमालो गरेर अघि बढ्ने उद्घोष

सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता १ असार,काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका हुन् । थप पढ्नुहोस्

ककनीमा क्यानोनिङ महोत्सव

२६ जेठ, काठमाडौं । शाहसिक पर्यटन अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नुवाकोटको ककनीस्थित भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव सुरु भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा हुन लागेको सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० जनाको सहभागिता रहेको आयोजकले जनाकारी दिएका छन् । नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा भुलभुले झरनामा आज र भोलि दुई दिनसम्म चल्नेछ । थप पढ्नुहोस्

पर्यटकीयस्थल स्वरेकमा बहुउद्देश्यीय भवन

२६ जेठ, काठमाडौं । स्याङ्जाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल स्वरेकस्थित भैरव कालिका मन्दिर परिसरमा रु तीन लाख ५६ हजारको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । भैरव कालिका आमा समूहको सक्रियतामा निर्मित उक्त भवनको बिहीबार समाजसेवी एवम् माउन्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले उद्घाटन गरे । भवन निर्माणसँगै समूहका विभिन्न गतिविधि सञ्चालनमा सहज हुने देखिएको छ । रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डेयले स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक पर्यटकीय दृष्टिकोणबाट पनि सम्भावनायुक्त रहेको उल्लेख गरे । थप पढ्नुहोस्

होमस्टे सञ्चालन गर्न शहरबाट गाउँ फर्किदै लमजुङका गुरुङ

सन्देश पौडेल २३ जेठ,बेसीशहर लमजुङ । पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ती शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बेसीशहर छोडेर गाउँ फर्किएको सिउरुङकी मिश्रिमाया घलेले बताइन । सिउरुङ घरबास सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ । थप पढ्नुहोस्

पूर्वमा थपिँदै ठूला लगानीका होटल

२३ जेठ,तेह्रथुम । बर्सेनि ठूला लगानीका होटल खुल्ने लहर चलेको छ । पर्यटकलाई लक्षित गरी जिल्लाका विभिन्न बजारमा सुविधा सम्पन्न होटल खुलिरहेका छन् । यसरी खुलेका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने ध्येयले सञ्चालित छन् । हालसालै फेदाप गाउँपालिका– २, ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ । करिब रु एक करोडको लागतमा खुलेको सो रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । थप पढ्नुहोस्

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

१७ जेठ, काठमाडौं । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । थप पढ्नुहोस्

‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर सँचो होइन : पथ प्रदर्शक शेर्पा

१२ जेठ, काठमाडौं । सगरमाथाको–आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाले दावी गरेका छन् । शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् । बाटो बनाउने काममासमेत संलग्न पथ–प्रदर्शक शेर्पाले भनेका छन् “यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ । थप पढ्नुहोस्

सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा

८ जेठ, काठमाडौं । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ । यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । थप पढ्नुहोस्
1 4 5 6