मित्रवत् व्यवहारको अपेक्षा सहित प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा, इनर्जी बैंकिङलाई विशेष जोड

२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ मंसिर मसान्तसम्म निर्माण सम्पन्न हुने क्रममा रहेको छ । थप पढ्नुहोस्

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

१८ चैत, काठमाडौं । बाग्लुङ जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । थप पढ्नुहोस्

२१ फागुन, काठमाडौं । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । थप पढ्नुहोस्

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु, आगामी २ वर्ष भित्र सक्ने लक्ष्य

१५ फागुन, काठमाडौं । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ । २०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुु¥याएपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भई मर्मत पछि सञ्चालनमा आएको थियो । थप पढ्नुहोस्

मर्मतका लागि मध्यमस्र्याङ्दी फागुन १० देखि २० गतेसम्म बन्द

७ फागुन, काठमाडौं । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिन लागिएको हो । वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या निम्तिँदै आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दश दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो । थप पढ्नुहोस्

भारतीय ठेकेदारले ढिलासुस्ती नगरे तामाकोशी जलविद्युत् आयोजना समयमा नै निर्माण हुने, स्थानीय र सर्वसाधारणका लागि फागुन पहिलो हप्ता शेयर जारी गर्ने तयारी

भारतीय ठेकेदारले ढिलासुस्ती नगरे तामाकोशी जलविद्युत् आयोजना समयमा नै निर्माण हुने, स्थानीय र सर्वसाधारणका लागि फागुन पहिलो हप्ता शेयर जारी गर्ने तयारी ४ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । थप पढ्नुहोस्

सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

२३ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् । उत्पादन अनुमति पाएका आयोजनाको क्षमता ७४१ मेगावाट रहेको छ । सरकारले हालसम्म कूल १५१ जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । थप पढ्नुहोस्

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

११ माघ, काठमाडौं । हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले जनाएको छ । थप पढ्नुहोस्

चमेलियाबाट विद्युत उत्पादन सुरु

७ माघ, काठमाडौं । तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । २०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परीक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । “शुक्रबारसम्म परीक्षण उत्पादन भएकोमा शनिबारदेखि १५ मेगावाटको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,” आयोजना प्रमुख अजय दाहालले भने, “१५ मेगावाटको दोस्रो युनिटको परीक्षण उत्पादन आइतबारदेखि हुँदैछ । थप पढ्नुहोस्

बहानाबाजी देखाउँदै चाइना थ्री गर्जेज

२८ पुस, काठमाडौं । विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेपछि दुई दशकभन्दा बढी प्रतीक्षित आयोजना विघटनको संघारमा पुगेको छ । थप पढ्नुहोस्
1 2 3 4