गोल्छा अर्गनाइजेशन असक्षम सावित, अटेरी र समयमा काम नसक्ने ठेकेदारलाई कालोसुचीमा हालेर कारबाही गर्ने सरकारको तयारी

२३ साउन, काठमाडौं । अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक–पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ । अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ । तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो ? किन पूरा भएन काम ? परिस्थिति त्यस्तै आइप¥यो हजुर अब त्यस्तो हुन्न । हामी समयमा नै काम सक्छौँ । थप पढ्नुहोस्

विद्युत् सेवा बन्द भएपछि रुकुम अन्धकार, सरकारी कामकाज ठप्प, स्थानीय रेडियो बन्द

२२ साउन, काठमाडौं । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ । केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो । विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । थप पढ्नुहोस्

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

६ साउन,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ । थप पढ्नुहोस्

अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरू, १० प्रतिशत शेयर स्थानीयका लागि आउँदै

२६ असार, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ । अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१ मेगावाट भए पनि पिपीए सम्झौतामा ५.१ मेगावाट रहेको छ । ५.१ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिए । यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । थप पढ्नुहोस्

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

हेमन्त केसी १२ असार, सुर्खेत । माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए । जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल महिनासम्म अधिग्रहण गरिसक्ने सम्झौता गरेको थियो । थप पढ्नुहोस्

वायु ऊर्जातिर लगानीकर्ता आकर्षित

३ असार, काठमाडौं । व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् । जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् । ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । थप पढ्नुहोस्

८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी आयोजना इटालियन कम्पनीले बनाउने

२९ जेठ,सोलुखुम्बु । कुल ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको प्रवद्र्धक साहस ऊर्जा लिमिटेडले इटालीको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । साहस ऊर्जा लिमिटेडले सोलुखोला–दूधकोसी आयोजना इटालियन व्यवसायी कम्पनी कोअपरेटिभा मोरातोरीई सेमिन्टिस्टा डी रेभनासँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल रइलेक्ट्रोमेकानिकललगायत संरचना निर्माणका लागि रु छ अर्ब ९६ करोडमा ठेक्का सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठकले बताए । थप पढ्नुहोस्

२८ सय मेगावाटका जलविद्युत आयोजना पाइपलाइनमा

२६ जेठ ,काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघले अहिले निर्माणाधीन अवस्थामा रहेका कुल २८ सय ३८ मेगावाटका आयोजनाहरुको बिद्युत खरिद सम्झौता पीपीए भइसकेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण र उत्पादकबिच सम्झौता भइसकेकाले कैयनले निर्माणको कामसमेत अघि बढाएको संघको भनाई छ । संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले हाल ५ हजार मेगावाट बराबरका आयोजनाहरुले प्राधिकरणमा पिपिएका लागि आवेदन दिएर बसेको जानकारी दिए । उनले भने, ‘५ हजार मेगावाटकै हाराहारीका आयोजना पिपिएको आवेदन दिने तयारीमा रहेका छन् । थप पढ्नुहोस्

चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

२४ जेठ, काठमाडौं । चट्याङले बैतडी जिल्लाका फरक–फरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए। साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चुँडिएकोसमेत उनले बताए । थप पढ्नुहोस्
1 2 3