ठेकेदार रामकुमार थापा र गौरापार्वती कन्सट्रक्सनलाई कस्को संरक्षण ? सुनकोशी पुलको पिलरसमेत नबनाई २५ प्रतिशत रकम भ्वाँम् !

३ फागुन, काठमाडौं । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको उक्त सुनकोशी पुलको अहिलेसम्म पनि सुनकोशी वारि र पारिको पिलरको जग नै बन्न नसकेको कुरा फोक्सिङटारका स्थानीयवासी जनक राई बताउँछन् । थप पढ्नुहोस्

हिमालय शृंखलाको कारण नेपालमा उच्च भूकम्पिय जोखिम, पुनः निर्माण अझ राम्रो र बलियो हुनुपर्नेमा जोड

२ फागुन, काठमाडौं । गोरखा भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्नेमा जोड दिइएको छ । शहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, खानी तथा भूगर्भ विभाग, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र काठमाडौँ उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विज्ञले हिमालय शृंखलाको आसपासमा रहेको नेपालका अधिकांश भू–भाग भूकम्पीय जोखिमको प्रकोपजन्य क्षेत्रमा रहेको बताए । थप पढ्नुहोस्

पूँजीगत खर्चको २० प्रतिशत पनि खर्च भएन

२ फागुन, काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिमा पूँजीगत खर्चको लक्ष्य रु तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख थियो । फागुन १ गतेसम्म रु ६६ अर्ब १९ करोड १७ लाख मात्र खर्च भएको छ । जुन लक्ष्यको १९ दशमलव ७५ प्रतिशतमात्र हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ यस अवधिमा रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख लक्ष्य राखिएकोमा फागुन १ गतेसम्म रु २५ अर्ब पाँच करोड ८२ लाख भएको छ । थप पढ्नुहोस्

गल्छी–त्रिशूली सडक अब दिउँसोमात्र बन्द, नारायणगढ–मुग्लिन सडक निर्माणमा अन्यौलता कायमै

२९ माघ, काठमाडौं । चीनसँगको नाका रसुवागढी जोड्ने सडकको निर्माणको लागि गल्छीदेखि पिपलटारसम्म र ढुंगेदेखि बेत्रावती खण्डकको सडक अब दिउँसोमात्र बन्द गरिने भएको छ । फागुन १ गतेदेखि सडक स्तरोन्नतिको कामलाई तीव्रता दिन भन्दै दिउँसो ११ बजेदेखि ५ बजेसम्म बन्द गरिने भएको गल्छी–त्रिशूली–मैलु–स्याफ्रुेबँशी–रसुवागढी सडक योजनाले जनाएको छ । यसअघि गएको पुस १ गतेदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द हुँदै आएको थियो । थप पढ्नुहोस्

शर्तसहित एडिबीको रु १० अर्ब ऋण सहयोग

२९ माघ, काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । थप पढ्नुहोस्

प्राधिकरण र बैंकरको कुरा नमिल्दा भूकम्पपीडितले पाएनन् न्यून ब्याजको ऋण

२८ माघ, काठमाडौं । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसअघि सरकारले भूकम्पमा पूर्णरुपमा घर क्षति भएकालाई रु तीन लाख अनुदान घोषणा गरेकामा यही माघ १० गतेको मन्त्रिपरिषद् बैठकले रु एक लाख थप गर्ने निर्णय गरेको थियो । भूकम्पलगत्तै अनुदानबाहेक आवश्यकताअनुसार घर पुनःनिर्माणका लागि दुई प्रकारका ऋण दिने घोषणा सरकारले गरेको थियो । थप पढ्नुहोस्

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोकमा सुरुङमार्ग बन्ने

२० माघ, काठमाडौं । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । थप पढ्नुहोस्

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

१९ माघ, काठमाडौं । नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । ‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ । थप पढ्नुहोस्

शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने, पोखरी हुँदै नुनढाकी जाने सडक निर्माण कार्य तीव्र

१२ माघ, काठमाडौं । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । थप पढ्नुहोस्

भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान, काभ्रेमा लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै

११ माघ, काठमाडौं । मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ । त्यसैगरी सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो । थप पढ्नुहोस्
1 2 3 7