गोरुमेला हेर्न जानेका लागि तारुका पुग्न पक्की पुल

२९ पुस, काठमाडौं । नुवाकोटमा यस वर्षको माघे सङ्क्रान्तिमा ३० हल गोरु जुधाइने भएको छ । जिल्लाका तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–३, चन्दनी, तारुकामा भने यस वर्ष २० हल गोरु जुधाइने मेला आयोजक समितिले जनाएको छ । त्यस्तै बेत्रावतीमा १० हल गोरु जुधाइने बताइएको छ । यस वर्ष तारुका मेलास्थल पुग्न नुवाकोट, बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर–४, बुधसिंह जोड्ने पक्की पुल बनेकाले सहज हुने प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकेले बताए । थप पढ्नुहोस्

होटल, बैंक, कार्यालयदे्खि पर्यटकीय स्थलसम्म अपाङ्गतामैत्री भौतिक संरचना बन्दै, अपाङ्गता भएकालाई चन्द्रागिरि केबुलकारमा ५० प्रतिशत छुट

२८ पुुुस, काठमाडौं । शारीरिक रूपमा अपाङ्गता भएपनि यामी झाँक्री मगरलाई आजभोलि आफूमा अपाङ्गता नभएकोे अनुभूति हुन्छ । बागबजारस्थित होटल हार्दिकमा कार्यरत ह्विलचेयर प्रयोगकर्ताका लागि पूर्ण रूपमा अपाङ्तामैत्री भौतिक संरचना रहेका कारण यामीलाई आफू साङ्गभन्दा कमजोर नभएको महसुस हुन्छ । विगत दुई वर्षदेखि सो होटलमा लेखापाल रहेका यामीले भने – “सो¥ह वर्षको हुँदा मेरूदण्डको शल्यक्रिया असफल भएपछि अपाङ्गताको अवस्थामा रहनुुप¥यो । अहिले ह्विलचेयर प्रयोग गर्दै आएपनि त्यहाँको भौतिक संरचनाका कारण मलाई अपाङ्गता छु भन्ने फिलिङ् नै हुँदैन । थप पढ्नुहोस्

भोटेकोशी किनारमा तटबन्ध निर्माण सुरु

२४ पुस, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् । हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् । नदीको किनारामा ढलान गरेर पक्की घर बनाएका ३६ वर्षीय हरि श्रेष्ठ वर्षात् लागेपछि आफूहरु सामान लिएर अर्कोको घरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले नदी तटबन्ध बनेपछि साह्रै खुशी देखिएका थिए । थप पढ्नुहोस्

निलगिरि सेवा प्रा.लि.का युवराज डाँगीको चरम लापर्वाही

१७ पुस, काठमाडौं । झापाको भद्रपुर नगरपालिकाअन्तर्गत रहेको मेची नदीपारिको मेचे बस्तीमा पुग्न मेची नदीमा झोलुंगे पुल नबन्दा स्थानीय बासिन्दा समस्यामा छन् । एक वर्ष छ महिनामा पुल निर्माण गर्ने गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भ्याटसहित रु दुई करोड ८५ लाख ९८ हजार लागतमा निलगिरि सेवा प्रा (लि) बानेश्वर काठमाडौँसंग २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो । लम्बाइ २८० मिटर र चौडाइ १३ मिटर चौढाइसहितको पुल निर्माण गर्न निर्माण कम्पनीका प्रोप्राइटर युवराज डाँगीले काममा गरेको ढिलाइले सो पुल बन्न नसकेको हो । थप पढ्नुहोस्

अम्बाथान–ग्याल्थुम मेलम्ची सुरुङ खुल्यो

१५ पुस, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ आज छिचोलिएको (ब्रेकथ्रु भएको) छ । मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो । ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उनको प्रतिबद्धता छ । थप पढ्नुहोस्

गल्छी–रसुवागढी सडक विस्तार तिब्र

१५ पुस, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए । थप पढ्नुहोस्

कालीगण्डकी करिडोरमा थप बेलिब्रिज चाँडै

१२ पुस, काठमाडौं । कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ । उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन् । यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन् । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला ‘बेलिब्रिज’ निर्माणसँगै सडक सुधारको काम भइरहेको जनाएको छ । थप पढ्नुहोस्

तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने पुल निर्माण

११ पुस, काठमाडौं । तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै त्यहाँका स्थानीय हर्षित भएका छन् । पातु खोलामा पुल नहुँदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ । थप पढ्नुहोस्

नयाँ सरकारको तयारीसँगै वाम गठवन्धनको घोषणापत्र अनुरुप आर्थिक समृद्धिको खाका कोरिँदै

२८ मंसिर, काठमाडौं । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, ऊर्जा क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जडीबुटी क्षेत्रमा विशेष प्राथमिकता दिएर कार्यक्रम तयार पार्न लागेको हो । थप पढ्नुहोस्

ग्रामीण जलस्रोत व्यवस्थापनका लागि रु २ अर्ब ४० करोड अनुदान

२८ मंसिर, काठमाडौं । युरोपेली संघले तेस्रो चरणअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यान्वयन गर्न करिब रु दुई अर्ब ४० करोड अनुदान उपलब्ध गराउने भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्लामा सन् २००६ देखि जारी उक्त आयोजनाका निम्ति संघले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । आज आयोजित एक कार्यक्रममा नेपालका लागि फिनल्याण्ड र युरोपेली संघका राजदूत क्रमशः योर्मा सुभान्तो र भिरोनिका कोडीले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । थप पढ्नुहोस्
1 2 3 4 5 7