घर बनाउनका लागि दबाब दिन प्राधिकरण गाउँमा

६ असार, काठमाडौं । गत वर्षको भदौमा रु ५० हजारका दरले अनुदान रकम लिए पनि घर निर्माण सुरु नगरेका भूकम्पपीडितलाई छिटो घर बनाउन दबाब दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखाको गाउँगाउँ पुगेको छ । प्राधिकरणका जिल्ला प्रमुख राजेन्द्र कार्कीले सुलिकोट गाउँपालिका पुगेर छ हजार ६०७ जना लाभग्राहीमध्ये पाँच हजार ८८३ जनालाई पहिलो किस्ता उपलब्ध गराएपनि उनीहरुले घर नबनाएका कारण दोस्रो र तेस्रो किस्ता वितरण प्रभावित भएको बताए । सुलिकोटमा बारपाक, स्वाँरा, सौरपानी, ताकुमाझ लाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवादेउराली गाउँ पर्छन् । थप पढ्नुहोस्

नारायणगढ मुग्लिन सडक सञ्चालनमा

४ असार, काठमाडौं । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ. शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । थप पढ्नुहोस्

समृद्ध सिन्धुली अभियानसँग हातेमालो गरेर अघि बढ्ने उद्घोष

सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता १ असार,काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका हुन् । थप पढ्नुहोस्

प्रचण्डको प्रयासमा बन्ने भो चितवनमा भव्य फुटबल र क्रिकेट रङ्गशाला

  २९ जेठ, चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ । थप पढ्नुहोस्

दाङमा ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

२९ जेठ,दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गरेका छन् । पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो । थप पढ्नुहोस्

५८५ किमी पाइप बिच्छ्याउने काम सम्पन्न

२६ जेठ, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए । थप पढ्नुहोस्

मेलम्ची आयोजनाले स्थानीयवासीलाई दियो पीडा

२६ जेठ, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा दिएको छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ । सुरुङबाट निस्किएको माटोढुङ्गा (मकिङ) ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्न थालेको छ । यसरी मकिङ खोलामा फाल्न थालेपछि त्यस वरपरका बासिन्दा बर्खामा खोला थुनिएर बगाउला कि भन्ने त्रासमा छन् । थप पढ्नुहोस्

भरतपुरमा विकासको जस लिन दाहालले के गर्दैछन् ?

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो गृह जिल्लामा थप अनुदानका रुपमा एकै वर्षमा १५५ योजनाका लागि रु ६९ करोड ६० लाखका कार्यक्रम पठाएपछि जिल्लाको विकास निर्माण तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री दाहालले थप योजनाका रुपमा निकासा गरेको अधिकांश योजनाले तीव्र गति पाएको हो । चारवटा योजना प्राविधिक कारणले अघि बढ्न नसक्ने भएपनि अन्य योजनाको काम तीव्रगतिमा अघि बढिरहेको जिल्ला समन्वय समिति चितवनले जनाएको छ । थप पढ्नुहोस्

निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

११ जेठ, काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा सांसदहरुले निजगढ विमानस्थल निर्माण सुस्त भएको भन्दै त्यसलाई तीव्रता दिनुपर्ने माग गरेका थिए । बैठकले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । थप पढ्नुहोस्
1 5 6 7