काठमाडौंमा पाकिस्तानी प्रदर्शनी शुरु

२८ भदौ, काठमाडौं । पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान)को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापन सदस्य देश हो । थप पढ्नुहोस्

मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते, आवेदन दिने अन्तिम म्याद असोज ६ गतेसम्म

१८ भदौ, काठमाडौं । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा.लि.ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागि भोलि सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको आयोजकले जनाएका छन् । थप पढ्नुहोस्

फर्निचर प्रदर्शनी ३५ हजारले गरे अवलोकन, काठमाडौं उपत्यकामा मात्रै वार्षिक ४ अर्बको कारोबार

८ भदौ, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले स्वदेशी फर्निचर उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले यही भदौ ३ देखि ७ गतेसम्म आयोजना गरेको फर्निचर तथा फर्निसिङ प्रदर्शनीमा ३५ हजार दर्शकले बुधबार अवलोकन गर्दै सम्पन्न भएको छ । दैनिक जीवनमा उपभोग हुने काठ तथा काष्ठजन्य विभिन्न सामग्रीबाट बनेका आकर्षक दराज, टेबल, कुर्सी, पलङलगायत फर्निचर प्रदर्शनीमा राखिएको थियो । स्वदेशी व्यवसायीका ४७ ठूला उद्योगका कक्ष तथा १९ साना कक्ष राखिएको प्रदर्शनीमा दर्शक तथा उपभोक्ताले आफूलाई चाहिने सामग्री बुकिङ गरेका थिए । थप पढ्नुहोस्

लोप हुन लागेको इन्द्र–अप्सरा नाच भोली भक्तपुरमा देखाइने

२७ साउन, काठमाडौं । मल्लकालीन राजा रणजित मल्लको पालादेखि सुरु भई लोपोन्मुख अवस्थामा पुगेको इन्द्र–अप्सरा नाच यस वर्ष एक दिन मात्रै हुने भएको छ । परम्परागत रुपमा गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नचाइएको सोे नाच केही वर्षअघिदेखि भने कहिले चार दिन त कहिले एक दिन मात्रै हुँदै आएको छ । महाभारत कथानुसार अभिशाप परेर पाण्डवमध्येका अर्जुन देवराज इन्द्रको दरबारमा पुगेका र अप्सरा उर्वशीसंँग नाचेका थिए । सोही कथनअनुसार सो नाच चल्दै आए पनि अर्थ अभावका कारण नाच नियमित चार दिनसम्म सञ्चालनमा आउन नसकी लोपोन्मुख अवस्थामा पुगेको छ । थप पढ्नुहोस्

१७ जना गभर्नरको सही भएको नोट एकै ठाउँमा हेर्न पाइने

२३ असार, काठमाडौं । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ । तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा वि.सं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका मुद्राको सङ्कलन छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका विभिन्न्न मुलुकका नोट पनि समावेश गरिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले पुराना सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

बिजी मलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो, प्रत्येक दिन उपहारै उपहार

७ असार,काठमाडौं । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधिभर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । बिजी मलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो । थप पढ्नुहोस्