माथिल्लो तामाकोशी लगायत तीन जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

१ मंसिर, काठमाडौं । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । थप पढ्नुहोस्

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

२७ कात्तिक, काठमाडौं । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाए । न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताए । थप पढ्नुहोस्

देवः, युनियन र साझाको एकीकृत कारोबार शुरु

२३ कात्तिक, काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंक प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ। बैंकको कारोबार शुभारम्भ नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले गरे। उद्घाटनपछि कायममुकायम गभर्नर शिवाकोटीले देशको अर्थतन्त्र मिश्रित ढङ्गले अगाडि बढेको बताए। ‘देशको अर्थतन्त्र उत्साहजनक रुपमा देशमा कायापलट हुन्छ भन्ने स्थितीमा पनि छैनौ। अत्यन्तै निराशाजनक स्थितीमा पनि छैनौ।’( उनले भने । थप पढ्नुहोस्

रा.वा.बैंक धनगढी शाखामा अव्यवस्थित्, सेवाग्राहीलाई बैंकको सेवा लिन कठिनाइ

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको धनगढी शाखा कार्यालयमा बैंकिङ कारोबारका लागि पुग्ने सेवाग्राहीले बैंकको सेवा चुस्त र व्यवस्थित नहुँदा सास्ती खेप्नुपरेको छ । दिनहुँ बैंकमा हुने सेवाग्राहीको ठूलो भीडले समयमै काम बन्न नपाई सास्ती खेप्नु परेको सेवाग्राही शिवकुमार चौधरीले बताए । “एक घण्टा लाइनमा बस्दा पनि पालो नआएपछि आफू रकम नलिएरै फर्किए, उनले भने–कार्यालयभित्र व्यवस्थापनको पाटो लथालिंग हुँदा काम बन्न सकेन ।” रकम भुक्तानीका लागि बैंकमा लाइनमा बस्दाबस्दै कार्यालय बाहिर राखिएको साइकलसमेत चोरी भएको चौधरीले बताए । थप पढ्नुहोस्

सेयर बजार पनि ह्याकरको निशानामा

१३ कात्तिक, काठमडौं । केही हप्ता अघि वाणिज्य बैंकमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि कमजोर पूर्वाधारका कारण यस्तो समस्याको सम्भावना देखिएको उनीहरूको भनाइ छ । सेयर बजारलाइ पूर्ण रूपमा स्वचालित बनाउन हाल अनलाइन ट्रेडिङको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । थप पढ्नुहोस्

साउदलाई बधाई पत्र र मागपत्र एकैसाथ

९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पूूँजीबजारका लगानीकर्ताको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नेपालका आम सर्बसाधारण लगानीकर्ताको प्रतिनिधित्वगर्दै नेपाल ईन्भेष्टर्स फोरम सेयर बजारको फ्रन्टलाईनर रेगुलेटर नेपाल स्टक एक्सेचन्ज समक्ष पूँजीबजारको बिकास र लगानीकर्ताको हित संरक्षणका विभिन्न मागहरु पनि पेश गरेका छन् ।ः नेपालको पूँजीबजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अतिआबश्यक भएको उनीहरुले बताएका छन् । थप पढ्नुहोस्

३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन एचआरडी कोरियाको कोषमा

७ कात्तिक, काठमाडौं । ईपीएस मार्पmत कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ । कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन कोरिया सरकारले नेपाललाई फिर्ता पठाएको छ । रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । थप पढ्नुहोस्

एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक : कर्मचारीमाथि शंका

७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याकगरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिएका छन् । एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराएपछि राष्ट्र बैंकले आइतबारदेखि अुनसन्धान थालेको हो । थप पढ्नुहोस्

२ अर्बको बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ । बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो । थप पढ्नुहोस्

३ हजार ५०० तिर्नुस्, शेयरमा लागानी गर्ने तरिका जान्नुस्

१ कात्तिक, काठमाडौं । सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ । सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो । एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ । उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ । थप पढ्नुहोस्
1 2 3 7