एनएमबी बैंकको शैक्षिक कर्जा शुभारम्भ

२४ जेठ, काठमाडौं । एनएमबी बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरूका लागि ‘एनएमबी बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्र्जा अवधि १० वर्षसम्म रहने छ भने अधिकतम १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबी बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराइने बैंकले जनाएको छ । थप पढ्नुहोस्

सिटिजन्स बैंकको कुपण्डोलस्थित आफ्नै भवनबाट शाखा सञ्चालन

२६ जेठ,काठमाडों । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर जिल्ला लपुमनपा–२१ स्थित पाटनढोका शाखा बिहीबारबाट स्थानान्तरण भई ललितपुर जिल्लाकै लपुमनपा–१९ कुपण्डोलस्थित आप्mनै कार्यालय भवनबाट सञ्चालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी कुपण्डोल शाखाको सञ्चालन गरे । थप पढ्नुहोस्

देउवालाई शेयर बजारको हरियो झन्डा, बजार ३५ अंकले बढ्यो

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो कार्यकालका लागि प्रधानमन्त्री चुनिने दिन शेयर बजारमा पनि उत्साह देखिएको छ । मंगलबार बिहान बजार खुलेदेखि उकालो लागेको शेयर बजार अपरान्ह ३ बजे बन्द हुनुअघिसम्म ३४.७२ अंकले उकालो लाग्दै १६३७.३७ बिन्दुमा पुग्दै बन्द भएको हो । माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुरलाई सत्ता हस्तान्तरण गर्न लागेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । आज दिनभरीमा एक सय ४८ वटा कम्पनीको ९१ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । थप पढ्नुहोस्

बैंकको ब्याजदर अझै बढ्ने, व्यवसायी थप मारमा

२७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै निक्षेपको ब्याजदर वृद्धि हुने क्रम रोकिएको छैन । तरलता अभावपछि निक्षेप बढाउने दवावका कारण ब्याजदर बढ्ने क्रम नरोकिएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको सुरुसम्ममा मुद्दतीमा ५ देखि ८ प्रतिशतसम्म ब्याज दिएका बैंकले हाल १४.५ प्रतिशतसम्म दिन थालेका छन् । निक्षेपमा बढी ब्याज पाउनु बचतकर्ताका दृष्टिले राम्रो मानिए पनि अधिकतम ब्याजदरले अन्ततः उपभोक्तामाथि नै भार पर्दछ । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मुद्रास्फीति बढाउँछ । थप पढ्नुहोस्
1 11 12 13