ज्योति विकासको भिसा डेभिट कार्ड

१५ माघ, काठमाडौं । ज्योति विकास बैंक लि=ले SCT Debit Card लाई प्रतिस्थापन गरि Visa Debit Card ल्याएको छ । SCT Debit Card का ग्राहक महानुभावहरुले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्नुहुनेछ । यस बैक ग्राहक महानुभावहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापितगर्न सफलभएको निमित्त प्रमुख कार्यकारी अधिकृत मदन कुमार महतले जानकारी दिए । थप पढ्नुहोस्

सिद्धार्थ फाउन्डेसनद्वारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग, एकै साथ ६ नयाँ शाखा

१५ माघ, काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७,०००/– बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच  २०७४/१०/१२ गते बैंकका नायव महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य श्री सूर्य प्रसाद श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् । थप पढ्नुहोस्

११औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको वित्तिय साक्षरता कार्यक्रम

१५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा  गत माघ १३ गते वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए । थप पढ्नुहोस्

युएईमा रमाउँदै आइएमईका व्यवसायीक साझेदार

१५ माघ, काठमाडौं । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दशदिने भ्रमण गराई रहेको आइएमईका जनसम्पर्कप्रवन्धक राजु पौडेलले जानकारी दिए । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा वर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्यप्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको आइएमईले जनाएको छ । थप पढ्नुहोस्

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

१५ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताए । बाह्रबुँदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत माग गरेको छ । थप पढ्नुहोस्

शेयर कारोबार गर्दा केवाइसी अनिवार्य

८ माघ, काठमाडौं । शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो । सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ । थप पढ्नुहोस्

प्रभु बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुल्यो

७ माघ, काठमाडौं । पूँजी बृद्धिको योजनामा रहेको प्रभु बैंक लिमिटेडले दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद सेयरको बिक्री आज माघ ७ गतेदेखि खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । थप पढ्नुहोस्

ग्लोबल आइएमईको थप २ शाखारहित बैंकिङ्ग सुरु

२ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले मिति २०७४ पौष २९ गते शनिबार देखि बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका ५, बिँहुपोखरा तथा मिति २०७४ माघ १ गते सोमबार सोहि जिल्लाको बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा आफ्नो ५९ औँ र ६० आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा खोलिएको सेवाको २०७४ माघ १ गते सोमबार बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक समारोहका बीच उद्घाटन गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय उषा रानी शर्मा तथा विँहुपोखरामा खोलिएको सेवाको लागि स्थानिय महेन्द्र पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । थप पढ्नुहोस्

दुई अर्ब बढीको म्युचुअल फण्ड बजारमा आउँदै

१ माघ, काठमाडौं । नेपालको पुँजी बजारमा नयाँ–नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री शुरु हुने भएको छ । ती दुई कम्पनीको रु दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री शुरु हुनेछ । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । थप पढ्नुहोस्

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

३० पुस, काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । उनले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । थप पढ्नुहोस्
1 2 3 4 11