सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट सार्वजनिक

१९ मंसिर, काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक website सार्वजनिक गरेको छ । यस websiteलाई www.ctznbank.comमा हेर्न सकिने छ । यस websiteलाई Dynamic version मा स्तर बृद्वि गरिएको छ र अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै प्रयोग गर्न सकिने छ । यस website मा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु रहेको योे website अत्यन्तै ग्राहक मुखी रहेको छ । थप पढ्नुहोस्

ग्लोबल आईएमई बैंक र एक्सिस बैंक बीच रेमिट्यान्स कारोबार सुरु

१९ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हालै सम्पन्न सम्झौता पत्रमा हस्ताक्षर पछि भारत स्थित एक्सिस बैंकका ३००० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिल्यै प्राप्त गर्न सकिने छ । थप पढ्नुहोस्

सशस्त्र प्रहरी बलका गोताखोरको निःशुल्क बीमा हुने

१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ । कम्पनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । थप पढ्नुहोस्

बंगलादेश बैंकमा नयाँ सञ्चालक, गभर्नर नेपालले गराए सपथ

५ मंसिर, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको तेइसौँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिका सदस्य चयन गरेको छ । बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेललाई निर्वाचित गरेको हो । सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्षमा चयन गरिएको छ । बैंकका अध्यक्ष अहमदले आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । थप पढ्नुहोस्

माथिल्लो तामाकोशी लगायत तीन जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

१ मंसिर, काठमाडौं । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । थप पढ्नुहोस्

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

२७ कात्तिक, काठमाडौं । एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाए । न्यून आयस्रोत भएका नागरिकलाई सस्तो र सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको एनआइसी एशिया बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक कालीबहादुर रोकायाले बताए । थप पढ्नुहोस्

देवः, युनियन र साझाको एकीकृत कारोबार शुरु

२३ कात्तिक, काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंक प्राप्ति गरी आजदेखि एकीकृत कारोबार सुरु गरेको छ। बैंकको कारोबार शुभारम्भ नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले गरे। उद्घाटनपछि कायममुकायम गभर्नर शिवाकोटीले देशको अर्थतन्त्र मिश्रित ढङ्गले अगाडि बढेको बताए। ‘देशको अर्थतन्त्र उत्साहजनक रुपमा देशमा कायापलट हुन्छ भन्ने स्थितीमा पनि छैनौ। अत्यन्तै निराशाजनक स्थितीमा पनि छैनौ।’( उनले भने । थप पढ्नुहोस्

रा.वा.बैंक धनगढी शाखामा अव्यवस्थित्, सेवाग्राहीलाई बैंकको सेवा लिन कठिनाइ

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको धनगढी शाखा कार्यालयमा बैंकिङ कारोबारका लागि पुग्ने सेवाग्राहीले बैंकको सेवा चुस्त र व्यवस्थित नहुँदा सास्ती खेप्नुपरेको छ । दिनहुँ बैंकमा हुने सेवाग्राहीको ठूलो भीडले समयमै काम बन्न नपाई सास्ती खेप्नु परेको सेवाग्राही शिवकुमार चौधरीले बताए । “एक घण्टा लाइनमा बस्दा पनि पालो नआएपछि आफू रकम नलिएरै फर्किए, उनले भने–कार्यालयभित्र व्यवस्थापनको पाटो लथालिंग हुँदा काम बन्न सकेन ।” रकम भुक्तानीका लागि बैंकमा लाइनमा बस्दाबस्दै कार्यालय बाहिर राखिएको साइकलसमेत चोरी भएको चौधरीले बताए । थप पढ्नुहोस्

सेयर बजार पनि ह्याकरको निशानामा

१३ कात्तिक, काठमडौं । केही हप्ता अघि वाणिज्य बैंकमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि कमजोर पूर्वाधारका कारण यस्तो समस्याको सम्भावना देखिएको उनीहरूको भनाइ छ । सेयर बजारलाइ पूर्ण रूपमा स्वचालित बनाउन हाल अनलाइन ट्रेडिङको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । थप पढ्नुहोस्

साउदलाई बधाई पत्र र मागपत्र एकैसाथ

९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पूूँजीबजारका लगानीकर्ताको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नेपालका आम सर्बसाधारण लगानीकर्ताको प्रतिनिधित्वगर्दै नेपाल ईन्भेष्टर्स फोरम सेयर बजारको फ्रन्टलाईनर रेगुलेटर नेपाल स्टक एक्सेचन्ज समक्ष पूँजीबजारको बिकास र लगानीकर्ताको हित संरक्षणका विभिन्न मागहरु पनि पेश गरेका छन् ।ः नेपालको पूँजीबजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अतिआबश्यक भएको उनीहरुले बताएका छन् । थप पढ्नुहोस्
1 3 4 5 6 7 11