सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग

२६ भदौ, काठमाडौंं। जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत जिल्लामा सात वटा युवा समूहलाई रु पाँच लाखका दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ । समितिको आइतबार बुटवलमा सम्पन्न बैठकले जिल्लाको सात वटा निर्वाचन क्षेत्रमा रहेका सात वटा संस्थालाई जनही रु पाँच लाखका दरले ऋण सहयोग गर्नेगरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले बताए । थप पढ्नुहोस्

महाकुलुङ र लिखुपिके गाउँपालिकामा शाखा खोल्न बैंकहरुको आनाकानी

२५ भदौ, काठमाडौं । सोलुखुम्बुमा रहेका आठ स्थानीय तहमध्ये छ वटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ । थप पढ्नुहोस्

एटिएमबाट रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

२२ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । थप पढ्नुहोस्

शेयरमा लगानी गर्नेका लागि २ दिनभित्रै ऋण दिँदै बैंक

२० भदौ, काठमाडौं । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । तपाईलाई बैंक तथा वित्तीय संस्थाले बोलाइबोलाइ शेयर कर्जा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आर्कषित गर्ने लक्ष्यका साथ पछिल्लो समयमा शेयर कर्जा लिन आग्रह मात्रै गरेका छैनन् । ब्याजदरसमेत घटाएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनअनुसार शेयर कर्जाको नयाँ योजना ल्याएका हुन् । थप पढ्नुहोस्

गभर्नरले गरे सिटिजन्स बैंक ६० औँ शाखाको उद्घाटन

१८ भदौ, काठमाडौं । नेपालको बैंकिंग क्षेत्रमामा फरक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा खोलेको छ । आज(मिति२०७४ भाद्र १८ गते) नेपाल राष्ट्र बैंक का गभर्नर डा चिरन्जीवी नेपालले उद्घाटन गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिकसमाजका अगुवाहरुको उपस्थिथि रहेको थियो । थप पढ्नुहोस्

बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ

५ भदौ, काठमाडौं । बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए । थप पढ्नुहोस्

शेयर बजारमा दोहोरो अंकको गिरावट

३१ साउन, काठमाडौं। धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित बन्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ । बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् । थप पढ्नुहोस्

सल्यानको खलंगामा मेगा बैंकको शाखा

१४ साउन, काठमाडौं । मेगा बैंकले सल्यानको खलंगामा नयाँ शाखा खोलेको छ । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा बैंकले यो शाखा खोलेको हो । बैंकको यो ४८ औं शाखा हो । सल्यान, खलंगामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैंक भएको छ । खलंगामा सानो बजार रहे पनि धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरूलाई परिपूर्ति गर्ने यो शाखा सक्षम हुने बैंकको विश्वास छ । थप पढ्नुहोस्

प्रिमियम संकलनमा प्रुडेन्सियल अगाडि

१४ साउन,मकवानपुर । निर्जीवन बीमा कम्पनीका हेटौंडास्थित शाखा कार्यालयले आव २०७३ र ७४ मा ३५ करोड बीमा प्रिमियम संकलन गरेका छन् । हेटौंडामा १६ कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । असारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी ६ करोड १० लाख रुपैयाँ बीमा प्रिमियम प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । शिखर इन्स्योरेन्सले ५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । वर्गीकृतरुपमा हेर्दा अग्नि बीमामा नेको इन्स्योरेन्स, मोटर बीमामा शिखर र विविध तथा कृषि बीमामा प्रुडेन्सियल अगाडि देखिएको छ । थप पढ्नुहोस्

एनएमबि बैंकको मुनाफा ३५ प्रतिशले वृद्धि, लाभांश क्षमता १९ प्रतिशत

१२ साउन, काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको २०७३र७४को चौथो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ३५ दशमलव ५४ प्रतिशत वृद्धि गरी १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले मुनाफा १ अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले हाल ४४ प्रतिशतले वृद्धि गरी चुँक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । थप पढ्नुहोस्
1 7 8 9 10 11 13