प्रिमियम संकलनमा प्रुडेन्सियल अगाडि

१४ साउन,मकवानपुर । निर्जीवन बीमा कम्पनीका हेटौंडास्थित शाखा कार्यालयले आव २०७३ र ७४ मा ३५ करोड बीमा प्रिमियम संकलन गरेका छन् । हेटौंडामा १६ कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । असारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी ६ करोड १० लाख रुपैयाँ बीमा प्रिमियम प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । शिखर इन्स्योरेन्सले ५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । वर्गीकृतरुपमा हेर्दा अग्नि बीमामा नेको इन्स्योरेन्स, मोटर बीमामा शिखर र विविध तथा कृषि बीमामा प्रुडेन्सियल अगाडि देखिएको छ । थप पढ्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्सको उपशाखा गौरादहमा

११ साउन,काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गौरादहमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा स्थापना गरेको कम्पनीले जनाएको छ । समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको भन्दै नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ । थप पढ्नुहोस्

नेको इन्स्योरेन्सले दिने भयो ५० प्रतिशत हकप्रद

५ साउन, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड ले लगानीकर्तालाई २ बारबार १ अनुपातको हकप्रद शेयर दिने भएको छ । कम्पनीको साउन ४ गते बसेको संचालक समिति बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । थप पढ्नुहोस्

१० नयाँ बीमा कम्पनीमा जागिर फालाफाल ! एसएलसीदेखि स्नातकोत्तरसम्मलाई अवसर

२७ जेठ,काठमाडौं। बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन्। सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टार लगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन्। बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन्। कम्पनीहरुले सञ्चालन अनुमति माग्नु अघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन् । थप पढ्नुहोस्

राष्ट्र बैंककै शैलीमा बीमा समितिले गर्ने भो कडाइ, बीमा कम्पनीको नियमनमा तिव्रता

२७ जेठ,काठमाडौं। नियामक निकाय बीमा समितिले आफू अन्तर्गतका बीमा कम्पनीहरुको नियमनलाई तिब्र बनाएको छ। बीमा कम्पनीहरुमा सुशासन तथा पारदर्शिता ल्याउन समितिले नियमनमा कडाइ सुरु गरेको हो। अहिले बीमा समितिले कम्पनीहरुले बुझाउने फाइलका आधारमा अध्ययन गर्दै आएको थियो। पहिलो पटक तालिका बनाएर अनुगमनमा समितिले टोली पठाउन सुरु गरेको हो। ुअब नियमित इन साइड अनुगमन हुन्छ। यसले बीमा क्षेत्रको बास्तबिक अवस्थासमेत सतहमा आउँछ। समितिले नेपाल राष्ट्र बैंकले जस्तै बीमा कम्पनीहरुमा पनि इन साइडु नियमन सुरु गरेको हो । थप पढ्नुहोस्