एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याक : कर्मचारीमाथि शंका

७ कात्तिक, काठमाडौं । एनआईसी एसिया बैंकको ‘स्विफ्ट ह्याकगरी विदेशी बैंक खातामा रहेको ४१ लाख अमेरिकी डलर (करिब ४१ करोड रुपैयाँ) भुक्तानीका लागि अर्डर भएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त रकममध्ये १० करोड भुक्तानी भइसकेको र बाँकी ३१ करोड रुपैयाँ भुक्तानीका लागि अर्डर मात्रै भएको अनुसन्धानमा संलग्न एक कर्मचारीले जानकारी दिएका छन् । एनआईसी एसिया बैंकले स्विफ्ट ह्याक गरी रकम विदेश पठाएको जानकारी गराएपछि राष्ट्र बैंकले आइतबारदेखि अुनसन्धान थालेको हो । थप पढ्नुहोस्

२ अर्बको बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ । बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो । थप पढ्नुहोस्

राष्ट्र बैंकका कर्मचारीको कार्यकाल लम्बियो

१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० वर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए । निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो । थप पढ्नुहोस्

जनप्रतिनिधि बैंक र वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

९ साउन, काठमाडौं । जनताबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा अध्यक्ष हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशिका जारी गरी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरिएको जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था ऐनमा भएको प्रावधानबमोजिम केन्द्रीय बैंकले निर्देशिका जारी गरेको हो । थप पढ्नुहोस्

सम्पत्ति शुद्धिकरण निर्देशिकाले वित्तिय बजारमा तरंग

२ साउन, काठमाडौं । नेपाल राष्ट बैंकको नयाँ निर्देशिकाले वित्तिय बजारमा तरंग उत्पन्न गरेको छ । सम्पत्ति शुद्धिकरणमा नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएपछि तरंग आएको हो । नयाँ आर्थिक बर्षसँगै बैंकिङ कारोबारमा कडा नीति कार्यान्वयन गर्दै राष्ट्र बैंक थप कडा भएको थियो । सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचापिरक माध्यममा ल्याउने घोषणा गरे अनुरुप नेपाल राष्ट्र बैंकले बैंकसम्बन्धि नयाँ निर्देशिका जारी गरेको हो । जसअनुसार बैंकले खाता खोल्न अघि र खाता खोलीसकेपछि अब आफ्ना ग्राहकको पहिचान हुबहु राख्नुपर्ने छ । थप पढ्नुहोस्

मौद्रिक नीति – लगानीमैत्री नीति नभएको निजी क्षेत्रको गुनासो , आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बैंकरहरुको दुखेसो

२५ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । थप पढ्नुहोस्

मौद्रिक नीतिमा जलविद्युत्, कृषि र पर्यटनलाई विशेष प्राथमिकता

२५ असार,काठमाडौं । जलविद्युत् कृषि, पर्यटन, निर्यातजन्य उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्र्मेन्ट क्षेत्रलाई मौद्रिक नीतिले पनि विशेष प्राथमिकताको क्षेत्रमा राखेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेका ती क्षेत्रलाई आज सार्वजनिक गरिएको नीतिले प्राथमिकता प्राप्त क्षेत्रका रुपमा परिभाषित गर्दै वित्तीय संस्थाले लगानीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । थप पढ्नुहोस्