चाडपर्वको वहानामा मापसे गर्नेलाई ट्राफिक प्रहरीले नछोड्ने

२ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए । थप पढ्नुहोस्

यस्तो छ, भक्तपुर प्रहरीको दशैँ तिहारलाई सुरक्षा योजना

२९ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताए । थप पढ्नुहोस्

डिआइजी सिलवालले गरे राजीनामाको घोषणा

२७ भदौ, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन् । आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरेका छन् । थप पढ्नुहोस्

दुर्घटनामा मृत्यु सबैको नाम ठेगाना सार्वजनिक, सडक सुधार गर्न प्रशासनको निर्देशन

२५ भदौ, काठमाडौं । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ । काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा तादी गापा–३ की २१ वर्षीया शशी बोगटी, तादी गापा–५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही वडाकी ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । थप पढ्नुहोस्

सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

२२ भदौ, काठमाडौं । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई हिजो सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहकुल थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । “अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ” – प्रहरी उपरीक्षक थापाले भने । थप पढ्नुहोस्

एटिएमबाट रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

२२ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । थप पढ्नुहोस्

१२ वटा प्रहरीको नाका छेड्दै ८८ किलो तस्करीको सुन काठमाडौंमा

२० भदौ, काठमाडौं । प्रहरीका १२ वटा नाका छेड्दै काठमाडौं पसेको ८८ किलो सुन माहानगरिय प्रहरी वृत्तले नियन्त्रणमा लिन सफल भएको छ । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । थप पढ्नुहोस्

बाढीले भत्काएका संरचनामा सेनाले शुरु गर्यो पुनःनिर्माण

१९ भदौ, काठमाडौं । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ । बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५ वटा संरचनामा क्षति पु¥याएपछि सरकारबाट पुनःनिर्माणको जिम्मा पाएको नेपाली सेनाले मर्मत र पुनःनिर्माण कार्यलाई तीव्र बनाएको हो । बाढीले जिल्लाको छ विद्यालय, पाँच वटा तटबन्ध, चार वटा पुल तथा दुई दर्जन कल्भर्ट र सडक खण्ड लगायतका संरचनामा क्षति पु¥याएको थियो । थप पढ्नुहोस्

नेपाल र भारतका सैनिक संयुक्त अभ्यास सुरु

१८ भदौ, काठमाडौं। नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा आजदेखि शुरु भएको छ । विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गरे । संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गरेका छन् । थप पढ्नुहोस्

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

१५ भदौ, काठमाडौं । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 8