११ साउन, काठमाडौं । भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए । थप पढ्नुहोस्
११ साउन, काठमाडौं । नागढुगांप्रहरीले मंगलवार अवैध नाईट्राजेपाम सहित एक जनालाई पक्राउ गरेको छ । नागढुंगा प्रहरी प्रभागले राजविराजबाट आउदै गरेको ना ५ ख ६१० नंको गाडीमा चेकजाजका क्रममा सप्तरी विष्णुपरका आनन्द यादवलाई पक्राउ गरेको हो । उनको साथबाट तिन सयथान लागु औषधका लागि प्रयोग हुने नाईट्राजेम रहेको नागढुगां प्रहरी प्रभागका प्रहरी निरिक्षक ऋषिराज घर्तिमगरले बताए । लागुऔषध ओसारसारमा संलग्न हेटौडा ४ का राजन तामाङ र बीरबहादुर तामाङलाई पनि गुर्जुधाराबाट पक्राउ गरेको घर्तिमगरले जानकारी दिए । थप पढ्नुहोस्
११ साउन, चितवन । चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिए ।
उहाँका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन ।
प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदनअनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपय भने कुनै स्थानमा जान्छु भनेर फर्की नआएको भनी निवेदन परेको छ । थप पढ्नुहोस्
११ साउन,काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ ।
यसअघि खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो । मंगलवारबाट महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिनुभयो । राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याई सवारी चाप हटाउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।
महाशाखामा रहनुभएका नायब महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ । थप पढ्नुहोस्
१० साउन, बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ ।वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।
‘बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, ‘भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । थप पढ्नुहोस्
१० साउन, काठमाडौं । कलंकीका स्थानियले आफ्नै पहलमा साढे दुईतल्लाको नौं कोठे पक्की प्रहरी चौकीको भवन निर्माण सम्पन्न गरेको छ । सोमवार एक कार्यक्रमका विच स्थानीयले कामनपा १४ कलंकीमा रहेको महानगरिय प्रहरी प्रभाग कलंकीको भवन उद्घाटन गरेको हो । महानगरिय आयुक्त कार्यालयका हालै बढुवा भएका एआईजी बम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा सो भवन उद्घाटन गरिएको हो । कार्र्यक्रममा निमित्त प्रहरी आयुक्त भण्डारीले अपराध नियण्त्रणका लागि समाजको सहयोग र सहकार्य विना शान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउदै नागरिक नै विना बर्दिको प्रहरी भएको बताए । थप पढ्नुहोस्
९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् ।
कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्
९ साउन, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन् ।
घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।
बाग्लुङको जलजलावाट खर्वाङतर्फ आउँदै गरेको जिप ‘ब्रेकफेल’ भइ सडकबाट करिब ७०० मिटर तल खसेको जनाइएको छ । जिपमा ११ जना यात्री सवार थिए । थप पढ्नुहोस्
८ साउन,काठमाडौ । गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले शनिवार आयोजना गरेको ‘पृथ्वी पाँचौँ राष्ट्रिय लोकदोहोरी अवार्ड’मा मन्त्री शर्माले कला, गीत तथा लोकदोहोरीलगायत बौद्धिक सिर्जनामा भ्रष्टाचार गर्ने तथा त्यसको विकासमा अवरोध पु¥याउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लोकदोहोरी देशको मौलिक संस्कृति भएको बताउँदै उहाँले मुलुकमा आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता अभिवृद्धि हुनेमा जोड दिए । थप पढ्नुहोस्
८ साउन, काभ्रे । बनेपा बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकै परिवारका चार जनाको मृत्युको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान सुरु गरे पनि हत्या वा आत्महत्याबारे कुनै भेउ पाउन नसके पछि केन्द्रिय अनुसन्धान व्युरो सिआइवीको टोली बनेपा पुगेको छ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ ।
शुक्रबार राति ९ बजे एकै परिवारका चार जनाको शव होटल गौतमभित्र फेला परेको थियो । थप पढ्नुहोस्« Previous1…1213141516…18Next »