बाँदरमुढे घटनापीडितको लगत संकलन कार्य शुरु

११ माघ, काठमाडौं । बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताए । संघ तथा प्रदेशसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत संकलनको काम शुरु भएको हो । थप पढ्नुहोस्

सिलवाललाई नै लक्षित प्रहरी सर्च थिएन

११ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ । परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताएका छन् । उनले भने, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उनको भनाइ छ । सिलवालको समेत खोजी भइरहे पनि फेला नपरेको उनले बताए । थप पढ्नुहोस्

मनाङे पछि मिलनलाई सफाइ, अब पालो कस्को ?

१० माघ, काठमाडौं । विशेष अदालतले मिलन गुरुङ (चक्रे मिलन) लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ । न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो । थप पढ्नुहोस्

ज्यानमाथि खतरा रहेको भन्दै सिलवालले निकाले विज्ञप्ति

११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी एवंम् ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले देउवा नेतृत्वको सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । थप पढ्नुहोस्

युनाइटेड क्लब भुटानलाई हराउँदै आर्मी सेमिफाइनलमा

८ माघ, काठमाडौं । नेपाल आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा डुक युनाइटेड क्लब भुटानलाई ५–० ले पराजित गरी आर्मी सेमीफाइनलमा प्रवेश गरेको हो । आर्मीका जीतमा पदम तामाङले २० औँ र ४१ औं मिनेटमा गोल गरे । दुई–० गोलको अन्तरमा समाप्त भएको पहिलो हाफको खेलमा निकै उत्साहित भएको नेपाली सेनाको टोलीले आमन्त्रित भुटानी टोलीमाथि आक्रामक खेलको रणनीति बनाउँदै दोस्रो हाफमा थप ३ गोल गरेको थियो । थप पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनमा ४ वटै सुरक्षा निकाय परिचालन गरिने

८ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । थप पढ्नुहोस्

सल्यानमा बस दुर्घटना, चारजनाको मृत्यु

८ माघ, काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् । अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन । बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

त्रिचन्द्र मिलिटरी हस्पिटल भत्काएर सुविधासम्पन्न बिजनेश कम्प्लेक्स !

५ माघ, काठमाडौं । ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर नक्शा समेत पास नगरी हतार–हतार बिजनेश कम्प्लेक्स बनाएको जंगी अड्डा अहिले महानगरलाई प्रमाणपत्रका लागि दबाब दिइरहेको छ । यस कुराले सैनिक नेतृत्वको पैसा मोह र विधि मिच्ने शृंखलाको खुलासा भएको छ । १९८२ सालमा निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल । पहिलो विश्वयुद्धबाट प्रभावित नेपाली सैनिकहरुको उपचार र स्वास्थ्य सेवाका लागि बेलायतले निर्माण गरिदिएको ऐतिहासिक महत्वको यही अस्पताल भत्काएर सेनाले बिजनेश कम्प्लेक्स बनाएको छ । थप पढ्नुहोस्

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा १० हजारमा र्याल काट्ने यस्ता पनि इन्जिनियर

२ माघ, काठमाडौं । ‘‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन् । बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे । थप पढ्नुहोस्

सेनाले तयार गर्ने भयो काठमाडौँ–तराई मधेश दु्रतमार्गको डिपिआर

२ माघ, काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिएका हुन् । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो । भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति नै गठन गरिएको थियो । थप पढ्नुहोस्
1 2 3 4 16