नेपाल प्रहरीलाई नै बद्नाम गराउँदै बालाजु वृत्त

१ कात्तिक, काठमाडौं । गंगा देवान भारतीय गोर्खा सेनामा भर्ना हुन चाहने युवालाई सहजीकरणको काम गर्थे । उनले राम्रै पैसा कमाइरहेका थिए । सो कुरा स्थानीय विनोद थापाले चाल पाए । अवकाशप्राप्त प्रहरीका छोरा थापाको केही प्रहरीसँग दोस्ती थियो । देवानलाई पक्राउ गरेर थर्काए ‘राम्रै पैसा झर्ने’ भन्दै उनले प्रहरीलाई आश्वासन दिए । थापाको कुराले महानगरीय प्रहरी वृत्त बालाजुका असइ चन्द्रसिंह भाट सजिलै लोभिए । उनीहरू सुरुमा आफ्ना मान्छेलाई पनि भारतीय गोर्खा सैनिकमा भर्ना गराइदिन भन्दै देवानको कार्यालयमा पुगे र जबर्जस्ती एक लाख रुपैयाँ दिए । त्यसको फोटो खिचे । थप पढ्नुहोस्

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

३१ असोज, काठमाडौं । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । थप पढ्नुहोस्

२६ हजार चालक प्रहरीको विशेष निगरानीमा, विना लाइसेन्स सवारी चलाउनेको संख्या बढ्दै

३० असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताउँछन् । थप पढ्नुहोस्

चुनावलाई लक्षित गरी सुरक्षा योजना बनाउँदै अर्याल, एक महिनाअघिबाट सेना परिचालन गरिने

२७ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताएका छन् । अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई थप बलियो बनाउने बताएका हुन् । “नागरिकलाई निश्चिन्ततापूर्वक मताधिकार प्रयोग गर्नसक्ने वातावरण भएमा मात्र उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्दछन्,”–शुभकामना सन्देशमा भनिएको छ । थप पढ्नुहोस्

मिलेमतोमा सयौँ टिपर माटोको अवैध रुपमा बिक्री, जिप्रका, जिल्ला समन्वय समिति र चाँगुनारायण नगरपालिकाको दबाबमा १६ टिपरलाई विना कारबाही छाडियो

२५ असोज, काठमाडौं । माटो उत्खनन् गरेर अवैध रुपमा बिक्री गर्न लैजाँदै गरेका १६ वटा टिपरलाई चार दिनपछि आज प्रहरीले कारबाही नै नगरी छाडिदिएको छ । कुनै पनि सरकारी निकायलाई करसमेत नतिरी अवैध रुपमा काठमाडौँतर्फ माटो लैजाँदै गरेका ती टिपरलाई महानगरीय प्रहरी वृत्त थिमिले गत आइतबार नियन्त्रणमा लिएको थियो । प्रहरीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र चाँगुनारायण नगरपालिका कार्यालयले दबाब दिएपछि प्रहरी वृत्त थिमिले कारबाही नै नगरी आज साँझ १६ वटै टिपरलाई छाडिदिएको हो । थप पढ्नुहोस्

अझै पत्ता लागेन गौचनको हत्यारा, छानबिन समिति संयोजक नै परिर्वतन

२५ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुइँको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केका गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली हानेलगत्तै दुई युवा मोटरसाइकल चढी बेपत्ता भएका थिए । प्रहरीले गौचनको हत्यामा सार्प सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ । छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो । थप पढ्नुहोस्

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

२४ असोज, काठमाडौं । अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । थप पढ्नुहोस्

अज्ञात समुहको गोली प्रहारबाट निर्मार्ण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनको हत्या

२३ असोज, काठमाडौं । निर्मार्ण व्यवसाय महासंघका अध्यक्ष शरद गौचनको हत्या भएको छ । उनिमाथि राजधानी काठमाडौंको भिआइपी एरिया मानिने बानेश्वर शान्तिनगर क्षेत्रमा उनिमाथि दिन दहाडै गोली प्रहार भएको हो । उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर पु¥याइए पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले बतायो । उनिमाथि अज्ञात समुहले दुर्इ गोली प्रहार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको देब्रे कोखा र मुटुमा नजिक गोली लागेको छ । ब्यस्त सडकमै गोली प्रहार भएपछि अहिले बानेश्वर शान्तिनगर क्षेत्रका स्थानीय आतंकित भएका छन् । थप पढ्नुहोस्

दशैंको आगमनसँगै बेलिब्रीजबाट यातायात संचालन

११ असोज, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबारबाट संचालनमा आएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गरेपश्चात बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलाको बेलिब्रीज हुँदै यातायात संचालन हुन लागेको हो । थप पढ्नुहोस्

चाडपर्वको वहानामा मापसे गर्नेलाई ट्राफिक प्रहरीले नछोड्ने

२ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए । थप पढ्नुहोस्
1 6 7 8 9 10 16