२६ तोला सुन चोरी

१२ भदौ, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपचारका लागि गत साउन ३१ गतेदेखि पसल बन्द गरी काठमाडौँ आएका गहतराजले आज पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि संलग्नको खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । थप पढ्नुहोस्

फोटो पत्रकार बज्राचार्यको घरमा चोरी

७ भदौ, काठमाडौं । वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यको काठमाडौँ महानगरपालिका–२५ मासंगल्लीस्थित घरमा गएराति चोरी भएको छ । सँगै नयाँ घर बनाइरहेको र त्यही घरैबाट माथि चढेर चोरहरुले घरको ढोका फोडेर चोरी गरेको बज्राचार्यले बताए । घरमा रहेको पुराना बहुमूल्य सामग्री, पुराना क्यामेरा तथा घरमै रहेको पसलबाट सामान चोरी भएको छ । भूकम्पपछि बूढानीलकण्ठ बस्दै आएका बज्राचार्य परिवारको कोही पनि सदस्य उक्त घरमा बस्दैनथ्यो । थप पढ्नुहोस्

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

१२ साउन, काठमाडौं । नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) का प्रहरी अधिकारी एक महिनादेखि अमेरिकी नागरिक इयान बेकरलाई नेपाल ल्याउने पर्खाइमा छन्। नेपालले विगत नौ वर्षयता खोजिरहेका वन्यजन्तु तस्कर बेकर एक महिनाअघि ग्रिसमा पक्राउ परेपछि त्यहाँको इन्टरपोलस्थित एनसिबी शाखाले उनलाई नेपाल पठाउने सन्देश नदिएकै कारण नेपाल प्रहरीका अधिकारीको पर्खाइ पनि लम्ँिबदै गएको छ। असार ३ बाट सुरु भएको पर्खाइ साउन ११ सम्म आइपुग्दासमेत जारी छ । थप पढ्नुहोस्

भोजपुरमा भएको सामूहिक हत्याको अनुसन्धान ‘सुस्त’

१२ साउन, भोजपुर । तीन बालबालिकाको सामूहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन। अरुण गाउँपालिका–३, प्याउलीमा दुई छिमेकी घरका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १० गते साँझ रहस्यमय ढंगले हराएका थिए। त्यसको दुई दिनपछि उनीहरूको शव स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो।   गाउँपालिकाको सदरमुकामसमेत भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेका थिए । थप पढ्नुहोस्

मानव बेचबिखनको आरोपमा चार पक्राउ

१२ साउन, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर काठमाडौं लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार नुवाकोटको खरानीटारबाट पक्राउ गरेको थियो । थप पढ्नुहोस्

तिन सय थान नाईट्राजेपाम सहित नागढुगांबाट एक पक्राउ

११ साउन, काठमाडौं । नागढुगांप्रहरीले मंगलवार अवैध नाईट्राजेपाम सहित एक जनालाई पक्राउ गरेको छ । नागढुंगा प्रहरी प्रभागले राजविराजबाट आउदै गरेको ना ५ ख ६१० नंको गाडीमा चेकजाजका क्रममा सप्तरी विष्णुपरका आनन्द यादवलाई पक्राउ गरेको हो । उनको साथबाट तिन सयथान लागु औषधका लागि प्रयोग हुने नाईट्राजेम रहेको नागढुगां प्रहरी प्रभागका प्रहरी निरिक्षक ऋषिराज घर्तिमगरले बताए । लागुऔषध ओसारसारमा संलग्न हेटौडा ४ का राजन तामाङ र बीरबहादुर तामाङलाई पनि गुर्जुधाराबाट पक्राउ गरेको घर्तिमगरले जानकारी दिए । थप पढ्नुहोस्

चितवनमा श्रीमानले कमाएको पैसा लिएर भाग्ने महिला बढ्दो , ३१ जना अझै भेटिएनन्

११ साउन, चितवन । चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिए । उहाँका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन । प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदनअनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपय भने कुनै स्थानमा जान्छु भनेर फर्की नआएको भनी निवेदन परेको छ । थप पढ्नुहोस्

औषधिउपचार, किनमेलको बहानामा नेपाली युवती भारत पुर्‍याइँदैं, २४ युवतीको उद्धार

१० साउन, बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ ।वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । ‘बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, ‘भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्

एकै परिवारका चार जनाको रहस्यमय मृत्यु, अनुसन्धानका लागि सिआइवी बनेपामा

८ साउन, काभ्रे । बनेपा बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकै परिवारका चार जनाको मृत्युको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान सुरु गरे पनि हत्या वा आत्महत्याबारे कुनै भेउ पाउन नसके पछि केन्द्रिय अनुसन्धान व्युरो सिआइवीको टोली बनेपा पुगेको छ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ । शुक्रबार राति ९ बजे एकै परिवारका चार जनाको शव होटल गौतमभित्र फेला परेको थियो । थप पढ्नुहोस्
1 2