डोटीको खड्यौलीमा बस दुर्घटनामा ३ जनाको निधन, गएराती सुनसरीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

२ कात्तिक, काठमाढडौं । डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । थप पढ्नुहोस्

दुर्घटनामा मृत्यु सबैको नाम ठेगाना सार्वजनिक, सडक सुधार गर्न प्रशासनको निर्देशन

२५ भदौ, काठमाडौं । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ । काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा तादी गापा–३ की २१ वर्षीया शशी बोगटी, तादी गापा–५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही वडाकी ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । थप पढ्नुहोस्

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

१५ भदौ, काठमाडौं । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । थप पढ्नुहोस्

फेवातालमा जीप खस्यो, एक जनाको मृत्यु

१५ साउन, पोखरा। कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ । ग १ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

१२ साउन, धादिङ,। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमाई रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिए । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन । थप पढ्नुहोस्

बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते

९ साउन, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन् । घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । बाग्लुङको जलजलावाट खर्वाङतर्फ आउँदै गरेको जिप ‘ब्रेकफेल’ भइ सडकबाट करिब ७०० मिटर तल खसेको जनाइएको छ । जिपमा ११ जना यात्री सवार थिए । थप पढ्नुहोस्

राजधानीमा एक वर्षमा छलाख उनन्चालीस हजार सवारी कारबाहीमा

६ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् । थप पढ्नुहोस्

प्रधानमन्त्रीको सुरक्षाका लागि गएको जिप दुर्घटना

१४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताए । प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लागेको बताइएको छ । थप पढ्नुहोस्

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ असार, काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । थप पढ्नुहोस्

कर्णाली भीरमा बस खस्दा ११ को मृत्यु २१ घाइते, सबैको अवस्था चिन्ताजनक

१ असार, काठमाडौं । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको आजको नयाँपत्रिकामा खबर छ । थप पढ्नुहोस्
1 2