ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ असार, काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । थप पढ्नुहोस्

कर्णाली भीरमा बस खस्दा ११ को मृत्यु २१ घाइते, सबैको अवस्था चिन्ताजनक

१ असार, काठमाडौं । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको आजको नयाँपत्रिकामा खबर छ । थप पढ्नुहोस्

पियारीको रुखबाट खसेर ढुङ्गेल ठहरै

२९ जेठ,बर्दिवास । महोत्तरीको बर्दिवास–३, पाटुका एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ । आज पात झार्न बस्ती नजिकैको वनमा पियारीको रुख चढेका ७० वर्षीय वृद्ध बलबहादुर ढुङ्गेलको रुखबाट खस्दा मृत्यु भएको , बर्दिवास इलाका प्रहरी कार्यालयले जनाएको हो । सधैँ घाँस दाउराको काम गर्दै आएका ढुङ्गेल रुख चढेर घाँस झार्ने क्रममा चिप्लेर भिरमा पछारिएका थिए । परिवारजनले तत्काल ढुङ्गेललाई बर्दिवासस्थित जनसेवा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । थप पढ्नुहोस्

दुर्घटनामा प्रधानाध्यापक चौधरीको मृत्यु

२४ जेठ,कैलाली । टीकापुर नगरपालिकाको जानकी गाउँपालिका पथरियामा आज बिहान ना। ५ ख ५३० नम्वरको बस दुर्घटना हुँदा टीकापुर नगरपालिका–१ का करुणा विद्यालयका प्रधानाध्यापक जोधुराम चौधरीको मृत्यु भएको छ । टीकापुरबाट नेपालगञ्जतर्फ गइरहेको सुदुरपश्चिम यातायातको बस ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उक्त बसमा सवार प्रधानाध्यापक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रमुख दीपक पातलीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते अन्य चारजनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । थप पढ्नुहोस्
1 2 3