कामले नै चर्चित बनेका सर्वेन्द्रले लगाए आईजीपीको फुली, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई आज विहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजबाटनै आफ्नो कार्यभार औपचारीक रुपमा सुरु गर्ने छन् । थप पढ्नुहोस्

सशस्त्र प्रहरी बलका गोताखोरको निःशुल्क बीमा हुने

१९ मंसिर, काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले जोखिमपूर्ण काम गर्ने सशस्त्र प्रहरी बलका गोताखोरलाई रु दुई लाख बराबरको बीमा गर्ने भएको छ । कम्पनीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् व्यवस्थापनमा निरन्तर खटिने गोताखोरको निःशुल्क बीमा गर्न लागिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन गणले सडक दुर्घटना, बाढीपहिरो तथा अन्य विपद् व्यवस्थापनमा सक्रिय योगदान गर्दै आएको छ । थप पढ्नुहोस्

सशस्त्र प्रहरी जवान हत्यामा २ युवतीसहित ६ जना पक्राउ

९ भदौ, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । थप पढ्नुहोस्

आईजी साप ! यिनलाई व्याँठे पालेको हो ?

१६ साउन,काठमाडौं । नेपाल प्रहरीमा यतिबेला घुमुवा आतंक छ । अर्थात बर्षौदेखि तराईका जिल्लाहरुमा हाकिमको घुमुवा भई आफु र हाकिमको सेवामा मस्ती मारिरहेका प्रहरीहरुको यतिबेला रुवाबासी चलेको छ तर सशस्त्र प्रहरीको हकमा भने जताततै मस्ती नै मस्ती चलिरहेको छ । हालैमात्र सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रहरी जवानदेखि हबल्दारसम्मको सरुवा गरेको छ । सो सरुवापछि सशस्त्रले सबै प्रहरीलाई आआफ्नो दरबन्दीमा तुरुन्त रवाना दिएर पठाउन परिपत्र पनि गरेको थियो । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्