कामले नै चर्चित बनेका सर्वेन्द्रले लगाए आईजीपीको फुली, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई आज विहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजबाटनै आफ्नो कार्यभार औपचारीक रुपमा सुरु गर्ने छन् । थप पढ्नुहोस्

सिआइबी भित्र खैलाबैला

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी फागुन २१ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको बंगलादेशको यूएस बंगला विमान दुर्घटनापछि बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमाल फागुन २९ गते नेपाल आएका थिए । चैत ३ गते गोरखा गण्डकी गाउँपालिका–३ बेनीघाटमा मुस्लिमहरूको ठूलो कार्यक्रम भएको थियो भने त्यहाँ सहभागीमध्ये ५ सय बढी पाकिस्तानलगायत अरब मुलुकका मुस्लिमहरू थिए । थप पढ्नुहोस्

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

२४ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विप्लवका क्रियाकलाप राजनीतिक नभइ ध्वंसात्मक भएको उनले बताए । उनले भने–“शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिदैछ त्यो सरकारलाई स्वीकार्य छैन । थप पढ्नुहोस्

‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक, नेता र प्रहरीलाई नै ठेगान लगाउने गृहमन्त्रीको उद्घोष

१९ चैत, काठमार्डौं । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ आज सार्वजनिक गरेका छन् । ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ । थप पढ्नुहोस्

नियम मिच्ने चालकलाई ट्राफिकले काट्ने भयो पत्र

२ फागुन, काठमाडौं । तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा परिनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो । थप पढ्नुहोस्

प्रहरी प्रशिक्षण प्रतिष्ठानको २६औं वार्षिकोत्सव सम्पन्न, प्रहरीको भवन उद्घाटन

२७ माघ, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आज ‘हिँडौंँ साथ साथ ’कार्यक्रम आयोजना गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहद्वारा बेलुनमा बाँधिएको “हिँडौंँ साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले नेपाल प्रहरीको विगत, वर्तमान र भविष्यका योजनाबारेमा प्रकाश पारे । थप पढ्नुहोस्

ठगी गरेको अभियोगमा ५ जना पक्राउ, काभ्रेबाट ७ जुवाडे प्रहरी नियन्त्रणमा

१८ माघ, काठमाडौं । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पाँच जनालाई आज सार्वजनिक गरेको छ । महाशाखाबाट खटिएको टोलीले भारतको नयाँदिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न मुलुक पठाइदिने भनी ठगी गरेको अभियोगमा गुल्मीका नारायण घिमिरे, रुपन्देहीका झपेन्द्र थापा मगर र अर्घाखाँचीका अर्जुन अर्याल तथा भारतका सन्दीप सिंह र रोनाल्ड गहतराजलाई बुधबार पक्राउ गरेको थियो । थप पढ्नुहोस्

सिलवाललाई नै लक्षित प्रहरी सर्च थिएन

११ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ । परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताएका छन् । उनले भने, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उनको भनाइ छ । सिलवालको समेत खोजी भइरहे पनि फेला नपरेको उनले बताए । थप पढ्नुहोस्

ज्यानमाथि खतरा रहेको भन्दै सिलवालले निकाले विज्ञप्ति

११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी एवंम् ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले देउवा नेतृत्वको सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै सिलवालले सरकार र राज्य संयन्त्रहरु आफूविरुद्ध लागेकाले आफू असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । थप पढ्नुहोस्

सर्वोच्च अदालतमा उपस्थित भए डा. केसी

२५ पुस, काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन्। सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै हिजोबाट अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । थप पढ्नुहोस्
1 2 3 5