यसरी छिर्दैछन् नेपाल प्रहरीमा शक्तिराष्ट्रहरु

१६ साउन, काठमाडौं । उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल प्रविधियुक्त विशेषता छन्, जसमा टेलिफोन गर्नदेखि भिडियो खिचेर लाइभ प्रसारण गर्न सकिनेसम्मका सुविधा छन् । प्रहरीभित्र यो प्रविधिको नाम ‘डिजिटल रेडियो ट्रङ्किङ सिस्टम’ राखिएको छ । थप पढ्नुहोस्

प्रहरी बढुवा विवाद : बढुवा समितिकै सिफारिस सदर

१६ साउन, काठमाडौं । नेपाल प्रहरीको बढुवामा परेको उजुरी सुन्ने समितिले बढुवा समितिकै सिफारिस सदर गरेको छ । आइतबार सांझ बसेको उजुरी सुन्ने समितिको बैठकले उजुरीकर्ताको दाबी नपुगेको निष्कर्ष निकालेको हो । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) नायब महानिरीक्षक (डिआइजी) तथा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस उपर १ र १ जनाले उजुरी गरेका थिए । एआइजी बढुवा सिफारिसउपर डिआइजी मधु पुडासैनी, डिआइजी बढुवा सिफारिसउपर एसएसपी सुभाष चौधरी तथा एसएसपी बढुवा सिफारिसउपर एसपी विभूतिराज पाण्डेले उजुरी गरेका थिए । थप पढ्नुहोस्

विवादको घेरामा आईजीपी अर्याल, पदीय मर्यादा कायम गर्न सकेन

१४ साउन, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । थप पढ्नुहोस्

काठमाडौँबाट तराईतर्फ सुन तस्करीको लाईन !

एक किलो अवैध सुनसहित दुइ जना पक्राउ १३ साउन,रौतहट । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । थप पढ्नुहोस्

महानगरीय ट्राफिकमा सर्वेन्द्र खनाल, प्रहरी प्रवक्तामा पुष्कर कार्की

११ साउन,काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ । यसअघि खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो । मंगलवारबाट महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिनुभयो । राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याई सवारी चाप हटाउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । महाशाखामा रहनुभएका नायब महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ । थप पढ्नुहोस्

कलंकीका स्थानीयले ४८ लाखमा बनाए प्रहरी चौकी

१० साउन, काठमाडौं । कलंकीका स्थानियले आफ्नै पहलमा साढे दुईतल्लाको नौं कोठे पक्की प्रहरी चौकीको भवन निर्माण सम्पन्न गरेको छ । सोमवार एक कार्यक्रमका विच स्थानीयले कामनपा १४ कलंकीमा रहेको महानगरिय प्रहरी प्रभाग कलंकीको भवन उद्घाटन गरेको हो । महानगरिय आयुक्त कार्यालयका हालै बढुवा भएका एआईजी बम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा सो भवन उद्घाटन गरिएको हो । कार्र्यक्रममा निमित्त प्रहरी आयुक्त भण्डारीले अपराध नियण्त्रणका लागि समाजको सहयोग र सहकार्य विना शान्ति सुव्यवस्था कायम गर्न नसकिने कुरा औल्याउदै नागरिक नै विना बर्दिको प्रहरी भएको बताए । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्

बम फ्याँक्ने हवल्दारलाई बढुवाको उपहार

६ साउन, काठमाडौं । दाङको तुल्सिपुरस्थित अम्बास मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्काल टिपेर मतदानस्थल बाहिर फाले लगत्तै सेलिब्रिटी प्रहरी बनेका हवल्दार दुर्गाबहादुर रानाले बढुवाको उपहार पाउने भएका छन्।प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार उत्कृष्ट काम गरेवापत् बढुवा हुनेहरुको सूचीमा रानाको पनि नाम रहेको छ। उनी हवल्दारबाट असईमा बढुवा हुनेछन्। बढुवाको खबर पाएपछि पहिलोपोस्टसित कुरा गर्दै रानाले राष्ट्रले आफ्नो कामको मूल्याङ्कन गरेकोमा खुसी भएको बताए। राना यही मंसिर महिनामा अवकाश पाउँदै थिए । थप पढ्नुहोस्

सईबाट इन्स्पेक्टरमा बढुवा तयारी

५ साउन, काठमाडौं । एक हप्ताभित्रै एआईजीदेखि डीएसपीसम्म रिक्त रहेको पदमा बढुवा सिफारिस गरेको बढुवा समितिले नेपाल प्रहरीका करिब ६५ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाले बढुवा सूची प्रकाशित गर्नेगरी बढुवा समितिलाई सम्भावित उम्मेदवारहरुको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्यांकन विवरण उपलब्ध गराइसकेको स्रोतको दाबी छ । थप पढ्नुहोस्

९४ इन्सपेक्टर डिएसपीमा बढुवा

३ साउन, काठमाडौँ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले ९४ जना इन्सपेक्टर - प्रहरी निरीक्षकहरुलाई डिएसपी -प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्न गरेको सिफारिशको सूची सोमबार मध्यरातमा प्रकाशन गरेको छ। समितिको साउन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। सूची अनुसार कूल ९३।४२०८ अङ्कका साथ नवराज मल्ल पहिलो नम्बरमा छन्। त्यसैगरी ९३।३४०० अङ्कका साथ डिलबहादुर मल्ल दोस्रो र ९१।५६९२ अङ्कका साथ नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन्। त्यस्तै ३६१ जना प्रहरी जवानको पनि सरुवा भएको छ । थप पढ्नुहोस्
1 2 3 4