३५ डिएसपी एसपीमा बढुवा

२ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक ० डिएसपी० लाई प्रहरी उपरीक्षक (एसपीमा बढुवा गरेको छ। बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो। को -को परे हेर्नुहोस् सुची :- SP-Badhuwa- बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौँका सिद्धि विक्रम शाह रहेका छन्। भने, ३५औँ नम्बरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुननसरीमा कार्यरत सजिव शर्मा दास रहेका छन् । थप पढ्नुहोस्

डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस

१ साउन, काठमाडौं । एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको हो । त्यसैगरी, नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्नसमेत सिफारिस गरिएको छ । थप पढ्नुहोस्

सात प्रदेशका लागि भन्दै प्रहरी नियमावली विपरीत एआइजीको दरबन्दी थप

३० असार, काठमाडौं । सरकारले प्रहरी नियमावलीविपरीत अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी बढाएको छ । संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको इच्छा पूरा गर्न एआइजीको दरबन्दी थप गरिँदा नियम मिचिएको छ । मन्त्रिपरिषद्को  बैठकले प्रहरीमा एआइजीको संख्या ११ राख्ने निर्णय गरेको थियो । प्रहरीमा कुनै पनि पद थप गर्दा व्यवस्थापन तथा संगठन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने प्रावधान छ । आवश्यकताअनुसार मात्र दरबन्दी थप गर्न प्रहरी नियमावलीमा यस्तो प्रावधान राखिएको हो । तर, व्यवस्थापन तथा संगठन सर्वेक्षण नगरी सरकारले ठाडो प्रस्तावका आधारमा प्रहरीमा एआइजीको दरबन्दी थपेको हो । थप पढ्नुहोस्

सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

२२ असार, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सुनुवाइ हुने मिति तय गरेको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिएका थिए । थप पढ्नुहोस्

उद्धारमा खटिएका प्रहरीलाई पनि छोडेन नारायणगढ मुग्लिन पहिरोले

९ असार, काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको हो । तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुन् । उनीहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला परेको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक दीपक थापाले बताए । थप पढ्नुहोस्

प्रहरीले सुराकमा विश्वास गर्दा ………!

२९ जेठ,कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिरासतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो । मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हँुदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

¥याड, माजोङ र रोयल क्यासिनोमा प्रहरीको सेटिङ,  जुवा,तरुनी र मिटर ब्याजको त्रिकोणात्मक संगम

२७ जेठ, काठमाडौं । उपत्यकामा सञ्चालित क्यासिनोहरूमा नेपाली प्रवेशमा कडाइ भएसँगै जुवामा रमाउने जुवाडेहरू बाहिरी जुवा अखडाहरूमा जम्ने गरेका छन् । प्रहरीसँग सेटिङ भएका माजोङ र रोयल क्यासिनोहरूमा नेपालीहरूले सहजरूपमा प्रवेश पाउने गरेको तथ्य सार्वजनिक भइरहेको छ । प्रहरीका उच्च अधिकृतहरूसँग नजिकको सम्बन्ध बनाएर माजोङ र रोयलका क्यासिनो सञ्चालकहरूले नेपाली धनी जुवाडेहरूलाई प्रवेश गराई सहजरूपमा जुवा खेलाइरहेको तथ्य क्यासिनोकै कर्मचारीहरूबाट सार्वजनिक भइरहेका छन् । थप पढ्नुहोस्

सङ्गठनभित्रैबाट समाधान खोज्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२६ जेठ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको उल्लेख गरे । थप पढ्नुहोस्

भद्रपुरमा सचेतना कार्यक्रम

१७ जेठ, काठमाडौं । मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी झापाले आज विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय वीरेन्द्र उच्च माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यायनरत् एक सय ५० जना विद्यार्थीलाई एचआइभी÷एड्स, लागुऔषध दुब्यर्सन विरुद्ध जानकारीमूलक प्रशिक्षण दिइएको हो । कार्यक्रममा प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले लहलहैमा कलिला उमेरका बालबालिका कुलतमा फस्ने गरेकाले यसबाट स्वयम्, परिवार र समाजमा नकारात्मक असरपर्ने भएकाले यस्तो कार्यक्रमको निकै महत्व रहेको कुरामा जोड दिए । थप पढ्नुहोस्

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

१२ जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उनले भने, “जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०÷८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो । थप पढ्नुहोस्
1 2 3 4