पहिलो राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १५० को सहभागिता

२ माघ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १५० खेलाडीले भाग लिएका छन् । बुधबारदेखि माघ ५ गतेसम्म सुनसरीको इटहरीमा गरिने प्रतियोगितामा पुरुष र महिला समूह गरी १५० खेलाडीले भाग लिएको संघका कोषाध्यक्ष एवम् प्रतियोगिता छनोट समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले जानकारी दिएका छन् । योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो । थप पढ्नुहोस्

महामारीको रुप लिँदै जाजरकोटमा भाइरल ज्वरो

२६ पुस, काठमाडौं । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । भाइरल संक्रमणका कारण हालसम्म १४ जनाको ज्यान गइसकेको छ भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । थप पढ्नुहोस्

माघ १ देखि साताव्यापी राष्ट्रिय योग दिवस मनाइने

२५ पुस, काठमाडौं । तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ । सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो । थप पढ्नुहोस्

माइनस १६ डिग्री तापक्रममा मनाङ, भाइरल ज्वरोका कारण जाजरकोटमा १ को मृत्यु

२४ पुस, काठमाडौं । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि त्यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । थप पढ्नुहोस्

चिसोबाट दुई जनाको मृत्यु

२३ पुस, काठमाडौं । विगत चार÷पाँच दिनदेखि देशभरिनै चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । थप पढ्नुहोस्

विश्वका ७० मुलुकमा नेपाली खाना र संस्कृतिलाई लगिने

२१ पुस, काठमाडौं । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो । कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । थप पढ्नुहोस्

पुस १९ : वर्षकै चिसो दिन

१९ पुस, काडमाडौं । आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए । तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ । थप पढ्नुहोस्

तराइका जिल्लामा जाडो बढ्यो, जनजीवन प्रभावित

११ पुस, काठमाडौं । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११÷१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चल्न छोडेका छन् । थप पढ्नुहोस्

कांग्रेस पराजय पछिको भूमिका के हुने ?

मनोज कुमार कर्ण नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । थप पढ्नुहोस्

घर फर्किने दिन कुर्दै लाखौँ रोहिङ्ग्या

मोहिनी मिश्र रिसाल म्यानमार सरकारले आफ्नो गल्ती लुकाउँदै आपूmहरुले रोहिङ्ग्यालाई राखिन राज्यबाट भगाउने र भाग्नुपर्ने कुनै त्यस्तो काम नगरेको दाबीगर्दै आएको छ, तर यता उनीहरु भने घर फर्किन पाउने साइतको पर्खाइमा रहेका छन् । हरेक दिन उनीहरुको प्रश्न हुने गर्छ हामी कहिले घर फर्किन पाउँछौँ ? यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ । थप पढ्नुहोस्
1 2 3 4