१ फागुन, काठमाडौं । कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले त्यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।
हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । थप पढ्नुहोस्
२९ माघ, काठमाडौं । पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् ।
मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ ।
व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् । जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न पुगेका हुन् । थप पढ्नुहोस्
२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् । थप पढ्नुहोस्
१५ माघ, काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूहले एकल महिला (विधवा) लाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समूहले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्णय र अहिले भइरहेको व्यवस्थालाई ध्यान नदिई एकल महिलालाई ५५ वर्षमै भत्ता दिने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । थप पढ्नुहोस्
१२ माघ, काठमाडौं । चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) आज चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै थिइन् ।
बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उनको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला । आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर निस्कनेखालको छ । यस्तो कष्टकर जीवन बित्दैछ वैशाखीको ।
त्यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ । त्यसमध्येको एक वैशाखीजस्ता धेरैको जीवन अत्यन्तै कष्टकर छ । थप पढ्नुहोस्
१० माघ, काठमाडौं । आज बिहान बाटै काठमाडौं उपत्यकामा पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावको कारण आज काठमाडौं लगायत देशभर मौसममा बदली भएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना रहेको विभागले जानएको छ । त्यसपछि तत्काल पानी पानी पर्ने सम्भावना नदेखिएको मौसमविद विभुति पोखरेलको भनाइ छ ।
उनले भनिन्, ‘अफगानिस्तान, पाकिस्तान, भारत हुँदै पश्चिम नेपालबाट पानी पार्ने सिस्टम प्रवेश गरेको हो । यो आज दिनभर देशभरी सक्रिय हुन्छ । थप पढ्नुहोस्
२ माघ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १५० खेलाडीले भाग लिएका छन् ।
बुधबारदेखि माघ ५ गतेसम्म सुनसरीको इटहरीमा गरिने प्रतियोगितामा पुरुष र महिला समूह गरी १५० खेलाडीले भाग लिएको संघका कोषाध्यक्ष एवम् प्रतियोगिता छनोट समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले जानकारी दिएका छन् ।
योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो । थप पढ्नुहोस्
२६ पुस, काठमाडौं । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । भाइरल संक्रमणका कारण हालसम्म १४ जनाको ज्यान गइसकेको छ
भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । थप पढ्नुहोस्
२५ पुस, काठमाडौं । तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ ।
शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।
सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो । थप पढ्नुहोस्
२४ पुस, काठमाडौं । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।
रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।
अत्यधिक चिसो बढेपछि त्यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।
बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । थप पढ्नुहोस्« Previous12345Next »