आज अक्षय तृतीया

५ वैशाख, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । थप पढ्नुहोस्

खुल्दै छन् किशोरकिशोरी, यौन र प्रजननका पुस्तक लुकेर होइन देखाएर पढ्छन्

३ वैशाख, काठमाडौं । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ । थप पढ्नुहोस्

मातातीर्थ कुण्डमा भक्तजनको भीड

३ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसी (आजैका दिन / आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसी) का दिन त्यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ । थप पढ्नुहोस्

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि, ५ सयदेखि ३ हजारसम्म संकलकले बुझाउनु पर्ने

३ वैशाख, काठमाडौं । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । थप पढ्नुहोस्

बिस्केट जात्रालाई व्यवस्थित गर्न सिसी क्यामराबाट निगरानी गरिने, मदिरा पिउने र ढुंगामुडा गर्नेलाई सार्वजनिक मुद्दा

२४ चैत, काठमाडौं । ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने भएको छ । गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥याउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । थप पढ्नुहोस्

भैरवनाथको रथ निर्माण अन्तिम चरणमा

२१ चैत, काठमाडौं । बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले जनाएको छ । रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान जातको काठ ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । “सान्दान काठ लोपोन्मुख र संरक्षित जातको काठ हो । यो जहीँतहीँ पाइने काठ होइन । यो काठ ल्याउन मन्त्रिपरिषद्ले विशेष निर्णय गरिएको छ,” उनले भने । थप पढ्नुहोस्

पर्यटक लोभ्याउँदै कुडुले घर

२१ चैत, काठमाडौं । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका घर बन्न छाडेको स्थानीय बासिन्दा लेखन्त बिसीले बताउँछन् । निस्दी आन्तरिक पर्यटकका लागि नमूना गाउँपालिका रुपमा स्थापित ग्रामीण क्षेत्र हो । थप पढ्नुहोस्

यौन र प्रजनन स्वास्थ्यका खुलदुली मेट्दै किशोर–किशोरी

विष्णु नेपाल १९ चैत, तीनपाटा बेलघारी, सिन्धुली, । “रवितालाई महिनावारी भएको रहेछ । पहिलोपटक महिनावारी हुँदा तल्लो पेट त दुख्छ नै । कसैलाई बढी दुख्छ । कसैलाई कम । नआत्तिनु भनेर सम्झाई दिएको छु । निरन्तर दुखिरह्यो भने आउनु भनेको छु । यस्तो बेलामा सुरक्षित रुपमा कसरी प्याडको प्रयोग गर्ने भन्ने सिकाइदिएँ”, अनमि सुदीच्छा कोइराला जवाफ दिँदै थिइन् । “बाबु ः किशोरावस्थामा अण्डकोष तथा लिङ्गको आकारमा वृद्धि हुन्छ । पिसाब पोल्छ । जनेन्द्रीय वरिपरि चिलाउँछ । तर अस्वभाविक रुपमा यस्ता लक्षण बढ्दै गयो भने आउनु । थप पढ्नुहोस्

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

१ फागुन, काठमाडौं । कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले त्यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आएको छ । लामो तथा छोटो दूरीका गाडी ठप्प छन् भने हवाई यातायात पनि बन्द भएको छ । थप पढ्नुहोस्

जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले, मुस्ताङमा दोस्रोपटक हिमपात

२९ माघ, काठमाडौं । पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् । मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ । व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् । जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न पुगेका हुन् । थप पढ्नुहोस्
1 2 3 4