कहिलेसम्म बाढीको त्रासमा मधेश ?

विजय यादव झन्डै एक दशकअघि कोशी नदीमा आएको बाढीले कोशी आसपासका जिल्लाहरूमा धेरै ठूलो क्षति पु¥याएको थियो । कयौं जना घरबारविहीन भए, खेतका बाली–नाली नष्ट भयो, महामारी फैलिए र त्यस क्षेत्रका जनताहरू भोकमरीका शिकार हुन पुगेका थिए । हजारौं मानिसहरू त्यस क्षेत्रबाट एक किसिमले पलायन नै भए । त्यसपछि हरेक साल यस्तै बाढीका कहरले त्यस क्षेत्रका बासिन्दाहरूलाई पिरोलीरहेको छ । दशकौं बितिसक्दा पनि तिनीहरूको दुःखमा मल्हम लगाउन कोही पनि आएका छैनन् । आश्वासन भने सरकारी वा गैरसरकारी संस्थाबाट आए पनि तिनीहरूको पीडामा कुनै कमी भने आएको छैन । थप पढ्नुहोस्

नेपाली समाजमा लोकसेवा आयोगको भूमिका

लक्ष्मी विलास कोइराला नेपालको निजामती प्रशासनको ईतिहास मूल्याकंन गर्दा तत्कालिन शासक राजाहरू मुखको भरमा सरकारी कर्मचारीको नियुक्ति र पजनी गर्ने गर्दथे । थप पढ्नुहोस्

द्वन्द सकिएको दशक वित्यो तर बेपत्ता परिवारमा छट्पटी कायमै

१ साउन, काठमाडौं । “बेपत्ता भएको पनि यतिका वर्ष भयो, न सास आउँछ, न लाश” त्यति भनिसक्दा रुबी श्रेष्ठका आँखा आँशुले भरियो । भक्तपुर निवासी रुबीका श्रीमान् २०६० सालमा बेपत्ता भएका थिए। अहिलेसम्म मरेको वा बाँचेको केही खबर आएको छैन । “एक मनले जीवितै आउनुहुन्छ कि जस्तो लाग्छ, फेरि सोच्छु यत्रो वर्षसम्म जीवित भएको भए त आउनुपर्ने, बेलाबेलामा सपनामा आ’को देख्छु, आश लाग्छ तर खै केही भन्न सक्दिनँ” – दाहिने हातले आँशु पुछ्दै उनले थपिन् । रुबीको १५ वर्षको उमेरमा भक्तपुरकै राजेन्द्र मालीसँग विवाह भएको थियो । थप पढ्नुहोस्

नेताप्रधान राजनीति होईन, नीतिप्रधान राजनीतिको खाँचो

शान्ति खडायत कुनैपनि समाजको विकासका लागि समाजवाद होस् या पुँजीवाद फरक पर्दैन । विचारहीन राजनीतिको कुनै धर्म,जात,वर्ग,क्षेत्र हुँदैन। जहाँ फाईदा त्यहि आफ्नो प्रभुत्व जमाउछ । क्षणिक स्वार्थ स्थायी रहदैन । कुनै पार्टी वा दलको विचारधारा,सिद्दान्त पुरातन वा यथास्थितिवादी हुँदैन । यो त समयको माग अनुसार वदलिदै लैजान सकिन्छ र बदलिन्छ । बरु हाम्रो समाजमा हुर्केको सामन्तवादी संंस्कार,अहम्,अहङ्कार,आफन्तवाद र विचारहीन दलिय नारा लगाउदै हिड्ने व्यक्ति हावी भएमा पार्टी वा दललाई दिशाहिन बनाईदिन्छ । थप पढ्नुहोस्