अमेरिकी राजनैतिक दुर्घटना र बचाउ

जेफ्रे डी स्याक्स न्यूयोर्क, ३२ साउन । आफ्नोे आर्थिक कार्यसूची सम्हाल्न र विश्वसनीय वैदेशिक नीति तय गर्न नसक्दा संयुक्तराज्य अमेरिका अहिले एउटा गम्भीर राजनैतिक दुर्घटनाको संघारमा छ । ह्वाइट हाउस सकसमा छस काँग्रेस प्रभावहीन भएको छस अनि सारा संसारले भयले हेरिराखेको छ । यदि हामीलाई यो विध्वंसबाट बच्नु र पार पाउनु छ भने यसका श्रोतहरु थाहा पाउनु जरुरी छ । वासिङ्टन डीसीमा दुई शक्ति केन्द्र छन्– ह्वाइट हाउस तथा क्यापिटोल । अहिले दुवै असमञ्जस्य अवस्थामा छन् तर विभिन्न कारणले । ह्वाइट हाउसको अकर्मण्यता मूख्यतः राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यक्तित्वको कारण हो । थप पढ्नुहोस्

स्थानीय तहमा एमालेको जीतसँगै उब्जेका प्रश्न ?

मनोजकुमार कर्ण एमालेले स्थानीय निर्वाचनको दुई चरणलाई पूर्णतः आफ्नो ‘राष्ट्रवाद’को जीत अर्थ लगाउने भईहाले किनकि सबभन्दा बढी सिट जितेर पहिलो नम्बरको पार्टी बनेको छ । थेसिस, एन्टिथेसिस वा सिन्थेसिस जे लगाएपनि आखिरमा एमाले सबभन्दा बढी सिट जितेको आँखाले देखेको र दिमागले गन्न सकिने परिणाम हो जसलाई स्विकार्नु पर्छ । एमालेले मधेशमा झन मधेशवादी दलका पदाधिकारीहरुलाई नै निर्वाचनको मुखमा भित्र्याएको हुनाले हामी नै हौं को भावना किन नपलाओस् ? एमालेलाई लाग्या होः वृद्धभत्ताको शुरुवाती कदम उसैको हो । थप पढ्नुहोस्

राजपाको कमजोर आन्दोलनको अवस्था

उपेन्द्र झा प्रदेश नं. २ बाहेक सबै प्रदेशमा चुनाव भई सकेको छ । अहिलेसम्मको नतिजा अनुसार एमाले पहिलो, नेपाली काँग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थान लिन सफल भएका छन् । लोकतान्त्रिक फोरम, संसफो नेपाल र नयाँ शक्तिले लिएको आशा पूरा हुन सकेन, तथापि आफनो उपस्थिति भने दर्ज गराएका छन् । राजपा मधेश मुद्दा समातेर चुनावको विरूद्ध आन्दोलनमा एक्लै होमिएको छ । दोश्रो चरणको चुनावको मत गणना चलि रहँदा एमालेले संशोधन प्रस्ताव पास गरि २ नं. प्रदेशको चुनाव गराउने भने पनि मतगणनाको आखिरमा संशोधन प्रस्ताव पास गराउने आश्वासनबाट स्खलित भएको छ । थप पढ्नुहोस्

एसियाको भावी कृषिक्षेत्र, नेपाल, भारत, चिन वा अन्य कुनै ?

११ साउन, काठमाडौं । खाद्यान्नको अभाव एसियामा बसोबास गर्ने धेरैका लागि पुरानो सम्झनाको कुरा हो । तथापि, द्रुत गतिमा बढ्दो जनसङ्ख्यालाई खाद्यान्न र पोषण पुर्याउन यस क्षेत्रले सङ्घर्ष गर्न थालेको अवस्थालाई हेर्दा त्यो फेरिपनि जीवनको पीडादायी यथार्थ बन्नसक्ने देखिन्छ । एसिया हाल विश्वको सबैभन्दा ठूलो खाद्यान्न बजार हो र सन् २०५० सम्ममा यसको जनसङ्ख्यामा ९० करोड थप हुन गई पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । थप पढ्नुहोस्

तीनसाले खोरीयामै आम्दानीको स्रोत खोज्दै चेपाङ

नारायण ढुंगाना चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने अति सिमान्तकृत चेपाङहरु तीनसाले खोरीयामा मकै र कोदो उत्पादन गर्छन् । तीनसाल एउटा खोरीयामा खेती गर्छन्, अनि छाडेर फेरि अर्को ठाउँमा तीनसाल काम गर्छन् । त्यसैले तीनसाले खोरीया भनिएको हो । खोरीयाबाट आएको अन्न जेनतेन ६ महिनालाई पुग्छ । त्यसपछि उनीहरुलाई अनिकाल लाग्छ । यहाँका अधिकाँश चेपाङको अवस्था त्यही हो । परम्परागत खेती प्रणालीमा उनीहरु छन् । अनिकाल सुरु भएपछि जङ्गली गिठा–भ्याकुर खोज्ने, ज्याला मजदुरी गर्ने, ऋणमा बेसाएर खाने, अनि पछि काम गरेर तिर्ने । यो उनीहरुको हरेक वर्षको दैनिकी हो । थप पढ्नुहोस्

आचारसंहिता मान्ने हो भने, चुनावको प्रचार नगर्दा हुन्छ

सन्तोष पुर्कुटी ४ असार, ताप्लेजुङ । ताप्लेजुङमा राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत चुनावी सभा लगायतका निर्वाचन गतिविधि सक्रिय छन् । गाउँ–गाउँमा आमसभा गर्ने स्थल विद्यालयलाई बनाइएको छ । आमसभा हुने दिन विद्यालय नै बिदा गरिएको पाइएको छ । शिक्षक खुलेआम पार्टीको चुनाव चिह्न र झन्डा अङ्कित टि–सर्ट तथा टोपी लगाएर आफ्नो पार्टीलाई जिताउन रातदिन भोट माग्दै हिँडेका छन् । मतदाताको घरमा गएर भोट माग्न भ्याई नभ्याई छ, शिक्षकलाई । आमसभाको झन्डा बोकेर हिँडेको फोटो सामाजिक सञ्जालमा हतार–हतार पोस्ट गर्छन् । थप पढ्नुहोस्