शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । थप पढ्नुहोस्

‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण

शुरबहादुर सिंह २१ भदौ, जुम्ला । लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ । मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो । प्रस्तावित ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदाको व्यञ्जन वर्ण २९ अक्षर र स्वर वर्ण ६ वटा छन् । थप पढ्नुहोस्

मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते, आवेदन दिने अन्तिम म्याद असोज ६ गतेसम्म

१८ भदौ, काठमाडौं । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा.लि.ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागि भोलि सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको आयोजकले जनाएका छन् । थप पढ्नुहोस्

जुम्ली भाषा लेखनमा वर्णविन्याससम्बन्धी कार्यशाला गोष्ठी

१९ भदौ, काठमाडौं । जुम्ली भाषा लेखनमा वर्णविन्याससम्बन्धी तीनदिने कार्यशाला गोष्ठी आइतबारदेखि जिल्लामा शुरु भएको छ । वर्णविन्याससम्बन्धी कर्णालीको यो पहिलो कार्यशाला गोष्ठी हो । त्यहाँको मौलिक भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा सहयोग पु¥याउन कार्यशाला गोष्ठी गरिएको हो । आयातित भाषाका कारण ‘खस’ भाषा संकटमा पर्दै गएको र कर्णाली तथा खस भाषाको उद्गमस्थल जुम्लाको कथ्य भाषालाई लेख्यमा उतार्न सकियोस् भन्ने हेतुले गोष्ठी गरिएको मातृभाषा केन्द्र नेपालका निर्देशक एसबी लिम्बूले बताए । थप पढ्नुहोस्

असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

१३ भदौ, काठमाडौं । काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा काठमाडौँ जेसीजका अध्यक्ष दीपक भण्डारीले देशभर रहेका १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक वर्ष झैँ यो वर्षपनि मिस टिन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । “सन् १९९४ मा काठमाडौँ जेसीजले मिस नेपाल प्रतियोगिताको आयोजना गरेको थियो । थप पढ्नुहोस्

गौरा गीतको मौलिकता हराउँदै

११ भदौ, काठमाडौं । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा आधुनिकता देखिन थालेको छ । थप पढ्नुहोस्

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् । थप पढ्नुहोस्

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

९ भदौ, काठमाडौं । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । थप पढ्नुहोस्

चुल्ठो काटिने भयले महिला त्रस्त, के ले र कसरी कपाल काट्छ ? भन्नेकुरा अझै पत्तो लागेन

९ भदौ, काठमाडौं । रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् । उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । थप पढ्नुहोस्

नेपालको एउटा गाऊँ जहाँ साउन महिनामा आगो बालिँदैन

८ भदौ, काठमाडौं । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो । थप पढ्नुहोस्
1 2 3 6