प्रज्ञा प्रतिष्ठानमा पुस्तक र चित्र’ को प्रदर्शनी शुरु

२५ पुस, काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘पुस्तक र चित्र’ को प्रदर्शनी आजदेखि शुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको परिसरमा शुरु गरेको सो प्रदर्शनी आगामी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न कलाकारले सिर्जना गरेका २७ चित्र तथा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न शीर्षक र विधाका करिब ४०० कृति राखिएको छ । थप पढ्नुहोस्

गन्धर्वका बेदना भरिएका गीत लोपहुने अवस्थामा

२४ पुस, काठमाडौं । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । थप पढ्नुहोस्

मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा

२१ पुस, काठमाडौं । महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो भएकी छिन् । सिजन मिडियाले आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उनले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउने छिन् । थप पढ्नुहोस्

जापानमा मिस एण्ड मिसेस नेपाल २०१८ हुने

१९ पुस, काठमाडौं । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो । आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । थप पढ्नुहोस्

मौरी चराउने किसानको वार्षिक आम्दानी रु ३० लाख

१८ पुस, काठमाडौं । तपाईले गाइभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् । थप पढ्नुहोस्

‘एक आनाको जमाना’ सार्वजनिक

१८ पुस, काठमाडौं । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ । हिजो एक कार्यक्रमकाबीच पुरुषोत्तम दाहाल र प्रा डा डिल्लीराम दाहालले सो पुस्तक विमोचन गरे । सो पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले प्रकाशन गरेको हो । सो अवसरमा पत्रकार दाहालले ‘एक आनाको जमाना’ पुस्तकले नेपाली सहित्यको क्षेत्रमा रुचि राख्ने पिँढीलाई आकर्षित गरेको छ बताए । साहित्यकार गौतमले आफ्ना अनुभूतिलाई समेटिएको ‘एक आनाको जमाना’ ‘यो पुस्तक त्यो बेलाको संस्करण भएको उल्लेख गरे । थप पढ्नुहोस्

झलक बिबशको “सान्नानी ” डिजिटल बजारमा

१२ पौष, काठमाडौं । नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ । झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याएका छन् । “सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । थप पढ्नुहोस्

कला परिषद्मा राखिएको एउटा मुर्तिको मुल्य ९० लाख

४ पुस, काठमाडौं । नेपाल कला परिषद्मा अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भ¥याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ । झ्वाट्ट हेर्दा सडकमा देखिने साँच्चिकै अजंगको साँढेजस्तो लाग्छ । त्यसमाथि विराजमान छन् भगवान् महादेव । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार पारेको उक्त मूर्तिको उचाइ नौ फिटको छ । फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ) बाट १० महिना लगाएर हातैले श्रेष्ठले तयार पारेको उक्त मूर्तिको तौल ३०० केजी रहेको तथा १०० वर्षको ग्यारेन्टी दिन सकिने मूर्तिकार श्रेष्ठले बताएका छन् । थप पढ्नुहोस्

अनमोल अभिनित ‘कृ’को ट्रेलर रिलिज

पुस ३, काठमाडौं । चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिने निर्माताले बताएका छन् । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार फिल्मको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो । थप पढ्नुहोस्

‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

२९ मङसिर, काठमाडौं । भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ । दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो । जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताएका छन् । यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो । थप पढ्नुहोस्
1 2 3 4 10