आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, नगरकोटमा वर्षा अवलोकन गर्नेको भिड

२८ मंसिर, काठमाडौं । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । थप पढ्नुहोस्

नारायणगोपालको २७ औँ स्मृति दिवस

१९ मंसिर, काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । थप पढ्नुहोस्

परदेशी युवाको बास्तविक पिडा

१९ मंसिर, काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो । नेपाली गीत संगीतको उत्पादनसँगै नयाँ नयाँ प्रतिभाहरुलाई स्थान दिँदै आएको पुर्वेली जुनतारा म्युजिक प्रा.लि.ले यो गित बजारमा ल्याएको हो । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेक हुन् भने प्रियजन राईले संगीत गरेका छन् । थप पढ्नुहोस्

मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

१६ मंसिर, काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ । चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् । थप पढ्नुहोस्

नेपालीपनका कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छन् : घिमिरे

१७ कात्तिक, काठमाडौं । साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ । सिर्जनात्मक महिला समूहले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन् । कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाएकी छिन् । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । थप पढ्नुहोस्

३२ औं प्राज्ञ सभा : सांस्कृतिक रुपान्तरणमा जोड

१३ कात्तिक, काठमाडौं । वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको ३२ औँ प्राज्ञ सभा शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले आज सभाको उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । प्रधानमन्त्री देउवाको सन्देशमा राजनीतिक र लोकतान्त्रिक रुपान्तरणलाई संस्थागत गर्ने अभिभारा प्राज्ञिक जगत्को भएको उल्लेख गरेका छन् । थप पढ्नुहोस्

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

१३ कात्तिक, काठमाडौं । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । थप पढ्नुहोस्

नागरिकताविहीनहरुको फोटो प्रदर्शनी

६ कात्तिक, काठमाडौं । नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ । महिला, कानून र विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरुपमा आयोजित ‘नागरिकताबाट वञ्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका थिए । थप पढ्नुहोस्

लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

२ कात्तिक, काठमाडौं । जाजरकोट जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि त्यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौँ समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षौँदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले त्यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । थप पढ्नुहोस्

‘सेनेगल’ कविता संग्रह र ‘शासन र विकास’ पुस्तक सार्वजनिक

२९ असोज, काठमाडौं । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी दिइयो । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखेका थिए । साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरिएको थियो । थप पढ्नुहोस्
1 2 3 4 5 10