शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । थप पढ्नुहोस्

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् । थप पढ्नुहोस्

जीवनको उपलब्धि

— गंगा लिगल मानिसको जीवनरुपी डुंगामा कहिले घामको उज्यालोले जीवन महकिन सक्दछ भने कहिले कालो बादलरुपी दुःखको छाँयाले जीवनमा मलिनता र नैराश्यता छाउन सक्दछ यो सुख र दुःखले वेरिएको जीवन यसले सधै नै जीवनमा खुसीको मुस्कान मात्र हेर्न चाहन्छ । थप पढ्नुहोस्