शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । थप पढ्नुहोस्

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् । थप पढ्नुहोस्

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

९ भदौ, काठमाडौं । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । थप पढ्नुहोस्

‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

१ भदौ, काठमाडौं । राजनीतिज्ञ चन्द्रदेव जोशीले रचना गरेको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताए । थप पढ्नुहोस्

‘माधवी’ को सातौँ संस्करण प्रकाशित

  ३१ जेठ, काठमाडौं । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितको लोकप्रिय उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले साहित्यकार दीक्षितको उक्त उत्तरवैदिककालीन उपन्यासको नयाँ संस्करण बजारमा ल्याएको हो । यो संस्करण तीन हजार १०० प्रति बजारमा आएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । करिब चार दशकअघि साझाबाटै प्रकाशित करिब छ सय पृष्ठको सो कृतिका कतिपय संस्करण निजी क्षेत्रबाट प्रकाशन भएपनि स्थापित कृतिलाई साझाबाटै पुनःमुद्रण गर्ने वर्तमान व्यवस्थापनको योजनाअनुसार सातौँ संस्करण प्रकाशित भएको हो । थप पढ्नुहोस्