मिस एयरहोस्टेस–२०१७ आवेदन फारम खुला

११ साउन, काठमाडौं । मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुला गरिएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी तालिम लिइ वसेका वा तालिम लिँदै गरेका कक्षा १२ वा सो सरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीले प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नेछन् । प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिएको आयोजक सिजन मिडियाले जनाएको छ । थप पढ्नुहोस्

वर्षातमा फेशन

५ साउन, काठमाडौं । उखरमाउलो गर्मीपछिको वर्षात्ले मौसम शीतल बनाउँदा धेरैलाई आनन्दको अनुभूति हुन्छ । यो बेला किसानलाई भ्याइनभ्याइ हुन्छ । वर्षात्को पानीले गर्दा नै रोपाइँ हुने भएकाले नेपालजस्तो कृषिप्रधान देशका लागि यो मौसमको महत्व धेरै नै छ । यही वर्षात्को मौसम भने अफिसमा काम गर्ने कर्मचारी, व्यापारी र अन्य पेशाकर्मीलाई झन्झटिलो हुने गर्छ । कतिपयले ‘कति पानी परेको’ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिन्छन् । तर कृषिप्रधान, त्यसमा पनि वर्षाको पानीमा बढी निर्भरे देशका लागि यो सुहाउँदो कुरा भने होइन । थप पढ्नुहोस्