अभिनेता सलमानलाई ५ वर्ष जेल सजाय

२३ चैत, काठमाडौं । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उनका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो । थप पढ्नुहोस्

प्रधानमन्त्रीको ५४ सदस्यीय भ्रमण टोलिमा अटाए राजेश र दिनेश

२२ चैत, काठमाडौं । प्रधानमन्त्रीको भोलीदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटकचलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जान लागेका छन् । भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी हुनेछन् । थप पढ्नुहोस्

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण हुँदै

२६ माघ, काठमाडौं । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ । थप पढ्नुहोस्

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू हुने

१९ माघ, काठमाडौं । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो । थप पढ्नुहोस्

अनमोल अभिनित ‘कृ’को ट्रेलर रिलिज

पुस ३, काठमाडौं । चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिने निर्माताले बताएका छन् । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार फिल्मको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो । थप पढ्नुहोस्

भारतीय वरिष्ठ सिने निर्देशक शाहको मृत्यु

२२ असोज, काठमाडौं । व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । ६९ बर्षका शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए र सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए । उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए । थप पढ्नुहोस्

‘हामी शरणार्थी’ प्रदर्शन हुने

काठमाडौं, ७ भदौ । चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भोलिदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको आज झापामा आयोजित पत्रकार सम्मेलनमा चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिए । थप पढ्नुहोस्

चर्चित कलाकारको अभिनय भएको चलचित्र ‘संरक्षण’ यहि हप्ता लाग्ने

२२ साउन, काठमाडौं । देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा तयार पारिएको चलचित्र ‘संरक्षण’ यही साउन २७ गतेदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । थप पढ्नुहोस्

‘प्रेम गीत- २’ को आक्रामक व्यापार

१५ साउन, काठमाडौं । लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए । चलचित्र ‘छक्का पन्जा’ र ‘लुट(२’ भन्दा प्रेमगीत(२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् । शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ । थप पढ्नुहोस्

वन्डर वुमन’ को सिक्वेल आउँदै, रिलिज मिति घोषणा

१२ साउन, काठमाडौं । यसै वर्ष रिलिज भएको चलचित्र ‘वन्डर वुमन’ ले पर्दामा आउने बित्तिकै तहल्का मच्चाएको थियो । दर्शकलाई यो चलचित्र अत्यन्तै मन पर्यो । अब ‘वर्नर व्रोस’ ले यसको सिक्वेल चाँडै नै आउने घोषणा गरेका छन् । उनले ‘वन्डर वुमन–२’ को रिलिज मिति पनि घोषणा गरेका छन् । चलचत्रि १३ डिसेम्बर सन् २०१९ मा रिलिज हुँदैछ । यो वर्ष आएको ‘वन्डर वुमन’ हिट भयो । अब चलचित्रको अर्को पार्टको पर्खाइ छ । चलचित्रको निर्देशन ‘प्याटी जेनकिन्स’ सँग चलचित्रको निर्देशनका बारे कुराकानी भइरहेको छ । यद्यपि प्याटीले यसबारेमा अहिलेसम्म पुष्टि गरिसकेका छैनन् । थप पढ्नुहोस्
1 2