हलिउड पुगेपछि प्रियंकाको भाउ बढ्यो

४ साउन, काठमाडौं । सबैलाई थाहा छ, प्रियंका यसपटक ‘आइफा’ बाट टाढा रहिन् । सलमान, सैफ, आलियासँगै पूरै बलिउड ‘आइफा २०१७’ मा भाग लिन न्युयोर्क पुगेका थिए, त्यतिबेला प्रियंका मुम्बई फर्किएकी थिइन् । प्रियंकाले स्पष्ट रूपमा आफ्नो भाइ सिद्धार्थको जन्मदिन मनाउन आइफा छाडेर मुम्बई आएको बताएकी थिइन् । यो हैरान बनाउने नै कुरा हो, आखिर किन प्रियंका यो महोत्सव छाडेर गायब भइन । अमर उजालाले स्रोत उद्धृत गर्दै भन्छ– प्रियंकालाई आइफा २०१७ को होस्टका लागि प्रस्ताव राखिएको थियो । तर यसका लागि प्रियंकाले यति धेरै पैसा मागिन् कि आयोजक अक्क न बक्क परे । र, यो डिल हुन पाएन । थप पढ्नुहोस्

आईफा अवार्डः दिलजीत दोसांझ र दिशा पटानीलाई ‘बेस्ट डेब्यु अवार्ड’

२ साउन, काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा आईफा अवार्डको घोषणा सुरु भइसकेको छ । यो पटक चर्चित अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी ९आईफा० पुरस्कार समारोह न्युयोर्कमा आयोजना गरिएको छ । बलिउड स्टारको भीडभाडले रात रमाइलो बनाएको छ । जीन्युजका अनुसार अवार्डका क्रममा करण जोहरको चलचित्र ‘ऐ दिल है मुश्किल’ ले निकै प्रशंसा पाएको छ । चलचित्रको नाममा कयौँ अवार्ड पनि परेको छ । अहिलेसम्म घोषणा गरिएका केही अवार्ड यस्ता छन् । थप पढ्नुहोस्

नायिका सुुरजनी पसिनामा देखिदै

३० असार, काठमाडौं – टेलिभिजन प्रश्तोताबाट आफ्नो करियर शुुरु गरेकी नव नायिका सुुरजनी केसी चलचित्र पसिनामा देखिने भएकी छिन् । मोडलिङबाट म्युजिक भिडियो हँुदै फिल्मी अभिनय सुरु गरेकी नव नायिका सुरजनी केसी नयाँ चलचित्र पसिनामा मुुख्य भुुमिकामा देखा पर्ने भएकी हुुन् । नायिका केसीको अघिल्लो बर्ष मात्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ फिल्म बजारमा आएको थियो । सो फिल्ममा उनले नायिकाको रुपमा दमदार अभिनय समेत गरेकी थिईन् । उनले ‘नेपथ्य’, ‘सपना तिम्रो मेरो’ लगायतमा समेत अभिनय गरि सकेकी छिन् । थप पढ्नुहोस्

शाहरुख र अक्षयले सिपोरालाई धकेले

Sapora
राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । थप पढ्नुहोस्

रमेश बुढाथोकीको लाससँग खेल्दाको अनुभव, भूईँमान्छे मेडिकल साइन्सका विद्यार्थीले हेर्नै पर्ने चलचित्र

१ असार,काठमाडौं । चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढिरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकीले लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका थिए् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् । शव चिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमा पनि पुगे । चलचित्रको लागि भनेपछि अस्पतालले सजिलै उनलाई मुर्दाघर छिर्न अनुमति दियो । उनी मुर्दा चिर्ने मान्छेसँग मुर्दा घरभित्र छिरे । थप पढ्नुहोस्
1 2