गौरा गीतको मौलिकता हराउँदै

११ भदौ, काठमाडौं । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा आधुनिकता देखिन थालेको छ । थप पढ्नुहोस्

मौलिक नेपाली संस्कृति ‘बालन’ लोप हुँदै, कस्तो होला त ४२७ चरणमा सकिने नाच !

गोपालप्रसाद पोखरेल २० साउन, मोरङ । झण्डै एक दशकअघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउँछन् । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको उनले बताए । बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उनले भने, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । बालन नाचका पारखी भट्टराई नाच्न पनि उत्तिकै सिपालु छन् । थप पढ्नुहोस्

प्रथमा लिएर आउँदै गायिका रेश्मा

१३ साउन, काठमाडौं । गायिका रेश्मा बम्जन स्थापित गायिकाहरुको भिडमा पहिलो एल्वम प्रथमा लिएर आउंदैछिन् । लामो सांगितिक यात्रा पछि उनले पहिलो पटक प्रथमा एल्वम लिएर आउन लागेकी हुन् । अहिले प्रथमाको गित रेकर्डिङ कार्य भइरहेको छ । एल्वममा ६ वटा गित समावेश रहेको उनले बताईन् । एल्वममा रोमान्टिक आधुनिक र रक सेलो रहेको छ । गायक दिपक लिम्वु संगको युगल गित जन्ती लिएर आउ बोलको गितले अहिले युट्युवमा चर्चा पाईरहेको छ । एल्वममा देव पुन चुचांगी , जीवन बहादुर बम्जन, जोगलाल लामा र फुल कुमार बम्जनको शव्द संगित रहेको छ । थप पढ्नुहोस्

तिज कोसेली ‘कोही भन्दा कम छैनौं’ बजारमा

६ साउन, काठमाडौं । हिन्दु नारीहरुको विशेष चाड हरितालिका तिजको अवसरमा बजारमा ‘कोही भन्दा कम छैनौं’ गीत बजारमा आएको छ । गायिका सृजना शर्माको पहिलो गीत कोही भन्दा कम छैनौंमा मोडल अर्जुन थापा र अस्मिताले अभिनय गरेका छन् । शब्द शंकर आचार्य र प्रविन भण्डारीको छ भने हेमराज डाँगीको र विशाल निरौलाको संगीत छ । हेमराजकै स्वरमा रहेको गीत अलकांर डिजिटलमा रेकर्ड भएको हो । निर्देशक समेत रहेका थापा र नेपाली महिला रेस्लर अस्मिता जुरेलीको अभिनय छ । थप पढ्नुहोस्

राजेशपायल राईले ममताको हातमा फूल राख्न खोजेपछि

७ असार, काठमाडौं । नेपाली साँगीतिक ग्यालरीमा नयाँ–नयाँ प्रस्तुतिहरुको सृजना दिनानुदिन वृद्धि भईरहेको छ । यसै क्रममा ‘फूलै राखी हातैमा विन्ति बिसाउँ कि, भेट भो आज मौकैले साथै लैजाउ कि’ बोलको पुर्वेली लोक भाका सार्वजनिक भएको छ । सिडीएम म्युजिक क्रिएशनको प्रस्तुति गायिका ममता राईको एल्बम ‘ममता–२’मा समावेश यो गीतको भिडियोलाई राजधानीमा शनिबार एक समारोहबीच सार्वजनिक गरिएको हो । एल्बम ‘ममता–२’ सार्वजनिक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । एल्बमको गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले विमोचन गरे । थप पढ्नुहोस्

नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु

१ असार, काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आजदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ । प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षणसमेत प्रदान गरिने महासङ्घका कावा महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिए । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ । सुरुमा हप्तामा दुई दिन बिहान ७ देखि ९ बजेसम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने जानकारी दिँदै उहाँले विद्यार्थीको चाप बढ्दै गएपछि अपराह्न २ बजेपछि पुनः अर्को कक्षा सुरु गरिने सोच रहेको बताए । थप पढ्नुहोस्

यूवट्युव डान्सिङ्ग भिडियो

१ असार,काठमाडौं । नवगायक विशाल निरौलाको डान्सिङ्ग गीति भिडियो सार्वजनिक भएको छ । शब्द र संगीत गायक निरौला कै रहेको सो भिडियो आज यूवट्युव मार्फत सार्वजनिक गरिएको हो । बिशाल नेपालले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा अशिष्मा नकर्मी, बिशाल नेपाली, अनिल पौडेल लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको सो भिडियोको संपादन टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । थप पढ्नुहोस्

गायिका सीमा शाहको ‘फूल हुँ म ‘ म्युजिक भिडियो सार्वजनिक

१ असार,काठमाडौं । गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलार्इ बिजेस्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । उक्त गीतमा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियोलार्इ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस । थप पढ्नुहोस्
1 2